
हरि बस्ताकोटी (नवलपुर-गण्डकी प्रदेश)
फेरि अर्को बाज
धुमिल आकाशमा
निर्दोष चराहरूको
शिकार गर्दैछ…
भुइंमान्छेका भूरा सपनाहरू
भुंग्रोमा परेका छन् अचेल
उस्तै छ दु:खको आदीम पहाड
आफ्नै छायांजस्ता प्रिय मान्छेहरू
समयसंगै पराइ बनेपछि
बिस्मात बांचेको छ आंखाभरी…
सिउरेर मयुरका प्वांखहरू
छम्केर नाच्दैछ छली काग…
शासक नागरिकलाई
बाडिरहेछ इन्द्रेणी रहरहरू…
सकल कविहरूका कलमले
आगो ओकल्न लागिसके
आफ्ना औजारहरूमा
धार लगाउँदैछन् निर्दोष किसानहरू
भूइंमान्छेहरू सडकमा नओर्लंदै
रक्तिम बन्दैछ अनिंदो अकाश…
नसुनेर हुरीचराका गीत
नबुझेर जुनकिरीहरूको संगीत
आज पनि ऐना हेर्दै
मुस्कुराउंदै छ धुर्त शाशक…
बासुरी बजाइ निश्चिन्त
सुकला गरिसिन्छ नयां महाराज
मुस्कुराउंदै उठिसिन्छ हर बिहान
अनि बाडिसिन्छ सुनका सपना
मुर्र्छित भोका बस्तीहरूमा
समाचार फुक्दै नयां समृद्धीको…!!
उसले बुझेको छैन
भिषण आंधी चल्नु अघि
सन्नाटा हुने गर्छ
रिमाल बा भन्नुहुन्छ-
एक युगमा एक दिन
एकचोटी आउंछ… !!
हरि बस्ताकोटी (नवलपुर-गण्डकी प्रदेश)