चितवन । पत्रकार एवं कथाकार वसन्त पराजुलीको कथासङ्ग्रह ‘कुमाता’ को तेस्रो संस्करण प्रकाशन हुने भएको छ । भूडि पुराण प्रकाश प्रालिले गत वर्षको फागुन २६ गते प्रकाशन गरेको कुमाता संग्रहको अहिले तेस्रो संस्करण प्रकाशन गर्न लागेको प्रालिले आज विज्ञप्ति जारी गरेर जनाएको छ ।
प्रालिका शैक्षिक निर्देशक अनुपम पराजुलीद्धारा जारी विज्ञप्तिमा पाठकहरुको माग अनुसार कुमाता कथासंग्रहको तेस्रो संस्करण सार्वजनिक गर्न लागिएको जनाइएको छ । कुमात यस अघि गत असारमा दोस्रो संस्करण प्रकाशन भएको थियो ।
कथासंग्रहको तेस्रो संस्करणको आवरण नयाँ कलरमा छापिने छ । नयाँ सस्करणमा अहिले सम्म आएका कितावका समिक्षाहरुलाई पनि समेटिने तयारी भैरहेको बताइन्छ ।
चितवन साहित्य परिषदको चिसाप राजकृष्ण कंडेल साहित्य पुरस्कार, राउण्ड टेवुल गसिफ हेटौंडाको सम्मान र हाम्रो मझेरी प्रतिष्ठानको श्रष्टा सम्मानवाट सम्मानित भएको कुमाता कथासग्रहले छोटो समयमा नै पाठकको मन तान्न सफल भएको प्रालिका शैक्षिक निर्देशक पराजुलीले बताउनुभयो ।पत्रकार एवं कथाकार वसन्त पराजुलीले नारीप्रधान विषयवस्तुलाई टपक्क टिप्दै काल्पनिकताको जलप लगाएर कथाहरू तयार भएकोले पाठकहरुले यसलाई मन पराइ दिनुभएको बताउनुभयो ।
यसै विच कुमाता कथासग्रह प्रकाशन भएको एक वर्ष पुगेको अवसरमा आज नारायणगढमा एक कार्यक्रम गरि पुस्तक माथि अन्र्तक्रिया गरियो । सम्पूर्ण किताव नाराययागढले आयोजना गरेको सो कार्यक्रममा वोल्दै अक्षर समूह चितवनका अध्यक्ष प्रभाकर पण्डितले नारी संम्वेदनामा तयार भएको कथा समय सामेक्ष भएको बताउनुभयो ।
“कथा युग सुहाउदो भएर पनि पाठकको मन तान्न सफल भएको छ”, उहाँले भन्नुभयो ।कार्यक्रममा साहित्यकार एल वि क्षत्रीले कथाले मान्छेको जिवन वोकेको हुनुपर्ने धारणा राख्नुभयो ।सम्पूर्ण कितावका सञ्चालक लेखराम सापकोटाले संयोजन गर्नुभएको सो कार्यक्रममा चितवन साहित्य परिषदका सहसचिव शान्ति शर्मा, पुस्तकका लेखक बसन्त पराजुलीले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।कार्यक्रममा कविद्धय रामवावु दाहाल र शिवनारायण पण्डित सिङ्गलले कविता वाचन गर्नुभएको थियो ।