×

राजनीति

गैँडाकाेटकाे मेयरका लागि एमालेबाट मेयरमा ६ जना र उपमेयरमा ४ जनाकाे दावी

गैँडाकाेटकाे मेयरका लागि एमालेबाट मेयरमा ६ जना र उपमेयरमा ४ जनाकाे दावी
नवलपुर । नेकपा एमालेका ६ जना नेताहरुले गैंडाकोटको मेयरमा दाबी गरेका छन् । मेयरमा दावी गर्नेमा छत्रराज पौडेल,  षडानन्द लामिछाने, यमुनाथ आचार्य, , गोपाल प्रसाद गौतम, रामुकान्त अर्याल, श्रीराम सुवेदी रहेको नगर कमिटीअध्यक्ष षडानन्द लामिछानेले  जानकारी दिनु भयो । यस्तै नगर उपप्रमुखमा ४ जनाले दावी गरेका छन् । उपप्रमुखको आकांक्षीमा चेतना अर्याल, छविकला पाण्डे, गिता तिवारी र यदुनाथ सिग्देलले रहेका हुन् । मंगलबार बसेको नगर कमिटिको बिस्तारित भेलामा  उम्मेद्धावारका आकांक्षीको नाम संक...

 सत्ता गठबन्धनको बैठक बस्दै, चुनावी तालमेलको मोडालिटीबारे छलफल हुने 

 सत्ता गठबन्धनको बैठक बस्दै, चुनावी तालमेलको मोडालिटीबारे छलफल हुने 
काठमाण्डौ ।  चुनावी तालमेलको मोडालिटी टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक आज बस्दैछ । आउँदो वैशाख ३० गते हुने पालिका चुनावमा तालमेल गर्ने निर्णय गरिसकेका गठबन्धनका शीर्ष नेताले हिजो विश्वासको वातावरण बनाउन नेता कार्यकर्तालाई आग्रह गर्दै संयुक्त अपिल जारी गरेका थिए । ७ सय ५३ पालिकामै तालमेलका लागि भागबन्डा मिलाउन आजको बैठकमा सहमति हुने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनु भएको छ । उहाँकाअनुसार हिजो र अस्तिको बैठकमा भएको छलफलका आधारमा आज तालमेलको मोडालिटी तय गरिने छ ।...

निर्वाचन आयोगले शशांकसँग माग्यो जवाफ

निर्वाचन आयोगले शशांकसँग माग्यो जवाफ
काठमाडौं । निर्वाचन आयोगले चुनाव खर्चबारे दिएको अभिव्यक्तिलाई लिएर नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा। शशांक कोइरालासँग जवाफ मागेको छ ।कोइरालाले हालै मात्र २०७४ को प्रतिनिधिसभा चुनावमा ६ करोडभन्दा बढी खर्च भएको अभिव्यक्ति दिएका थिए । आयोगमा पेश गरेको विवरणमा भने २१ लाख ७५ हजार मात्र उल्लेख रहेको भन्दै आयोगले के कसो भएको हो ७ दिनभित्र जानकारी दिन कोइरालालाई ध्यानाकर्षण गराइएको आयोगले जनाएको छ । यस्तै २६ चैतमा काठमाडौंको भृकुटीमण्डपमा भएको सभामा निर्वाचन आचार संहिता उल्...

पाँच दलका शीर्ष नेताहरुको अपिल : ठाउँ र अवस्थाअनुसार तालमेल गर्नुस्

पाँच दलका शीर्ष नेताहरुको अपिल : ठाउँ र अवस्थाअनुसार तालमेल गर्नुस्
काठमाडौं । सत्तारुढ पाँच दलले स्थानीय तह निर्वाचनमा ठाउँ र अवस्थाअनुसार तालमेल गर्न पार्टीका नेता कार्यकर्तालाई आहृवान गरेका छन् ।तालमेलको मोडालिटीबारे टुंगो लगाउन नसकिसकेका बेला सोमबार बसेको शीर्ष नेताहरुको बैठकले तालमेल गरेर अघि बढ्ने घोषणा गरेका छन् । उनीहरूले भनेका छन्, ‘देशभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनानवमा आपसी सहकार्य र परस्पर सहयोगी भावनाले अगाडि बढ्न पाँच दलका साथीहरूलाई आहृवान गर्दर्छौं ।’ बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा,माओवादी केन्द्रक...

गैँडाकोट ४ को वडा अध्यक्षमा एमालेले दिनेशराज न्यौपानेलाइ उठाउने

गैँडाकोट ४ को वडा अध्यक्षमा एमालेले दिनेशराज न्यौपानेलाइ उठाउने
गैँडाकोट । बैशाख ३० गतेको लागि तय भएको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेले गैँडाकोट ४ को वडा अध्यक्षमा युवानेता दिनेशराज न्यौपानेलाई उठाउने निर्णय गरेको छ ।नेकपा एमाले गैँडाकोट ४ को अज बसेको बैठकले न्यौपानेलाई सर्वसम्मत रुपमा वडा अध्यक्षको रुपमा अघि बढाउने निर्णय गरेको पार्टीका वडा अध्यक्ष नवराज पौडेलले जानकारी दिनुभयो । नेकपा एमालेका जिल्ला सदस्य समेत रहेका न्यौपाने युवाहरुमाझ लोकप्रिय नेताको रुपमा परिचित छन् ।त्यसैगरी बैठकले सुभद्रा आचार्य, डिल्लिराम तिमिल्सिना, चोक...

नेकपा एमालेले गैँडाकोट ११ को वडाअध्यक्षमा गोविन्द सुवेदीलाइ उठाउने

नेकपा एमालेले गैँडाकोट ११ को वडाअध्यक्षमा गोविन्द सुवेदीलाइ उठाउने
गैँडाकोट । बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले गैँडाकोट ११ को वडाअध्यक्षमा गोविन्द सुवेदीलाई उठाउने निर्णय गरेको छ ।२०७४ सालको स्थानीय निर्वाचनमा एमालेको तर्फबाट विजयी भएर हाल वडाअध्यक्ष सम्हालिरहेका सुवेदीलाई पुन अध्यक्षमा उठाउने निर्णय एमालेले गरेको हो । नेकपा एमाले गैँडाकोट ११ को अज बसेको बैठकले सबैकोणबाट अध्ययन गरेर सुवेदी उत्कृष्ट भएको भन्दै उनलाईनै वडाअध्यक्षको रुपमा अघि सारेको एमाले वडा अध्यक्ष गुरुप्रसाद पौडेलले जानकारी दिए ।

नेकपा माओवादी केन्द्रले गैँडाकोट ५ र ८ मा वडा अध्यक्षको टुगों लगायो

नेकपा माओवादी केन्द्रले गैँडाकोट ५ र ८ मा वडा अध्यक्षको टुगों लगायो
गैँडाकोट । नेकपा (माओवादी केन्द्र) गैँडाकोटले स्थानीय तहको चुनावको लागि नगरको वडा नं. ५ र ८ मा पार्टीको तर्फबाट वडा अध्यक्षको टुगों लगाएको छ ।नेकपा (माओबादी केन्द्र) वडा नं. ५ र ८ को वडा कमिटी बैठकले सर्वसम्मत रुपमा वडा अध्यक्षहरुको टुगों लगाएको हो । वडा नं. ५ मा अर्जुन पोखरेल र वडा नं. ८ मा दुर्गाजित कुुंवरलाई वडा अध्यक्षको रुपमा अघिसार्ने सहमती भएको सूचना उज्यालो खबरले प्राप्त गरेको छ । वडा नं. ८ मा वडा सदस्यहरुमा सम्झना नेपाली, कमला आार्चाय, दुर्गा बहादुर पुन र ऋषिराम ज...

कलिका नगरपालिका वडा नं. ६ को अध्यक्षमा ईश्वर भट्टराईको चर्चा

कलिका नगरपालिका वडा नं. ६ को अध्यक्षमा ईश्वर भट्टराईको चर्चा
सुस्मा न्यौपाने चितवन । बैसाख ३० गतेका लागि तय भएको स्थानीय निकायको निर्वाचनमा चितवनको कालिका नगरपालिका वडा नं. ६ बाट युवा नेता ईश्वर भट्टराईको नाम चर्चामा आएको छ । नेकपा (माओवादी केन्द्र)को तर्फबाट वडा अध्यक्षमा भट्टराईले उमेदवारी दिन सक्ने सम्भावना उच्च देखिएको छ । सफल युवा ब्यवसायी, नेता तथा समाजसेवीको रुपमा आफुलाई स्थापित गर्नुभएका भट्टराईले पार्टिले टिकट दिए स्थानीय निकायको निर्वाचनमा वडा अध्यक्षको रुपमा अगाडी बढ्ने संकेत गर्नुभएको छ । उज्यालो खबरसँग कुरा गर्दे उहाँल...

राष्ट्रिय युवासंघ नेपाल गैँडाकोटको अध्यक्षमा विनोद कंडेल

राष्ट्रिय युवासंघ नेपाल गैँडाकोटको अध्यक्षमा विनोद कंडेल
गैँडाकोट । नेकपा एमाले निकट युवाहरुको संगठन राष्ट्रिय  युवासंघ नेपाल गैँडाकोट नगर कमिटीको अध्यक्षमा विनोद कंडेल निर्वाचित हुनुभएको छ । राष्ट्रिय युवासंघ नेपाल गैँडाकोट नगर कमिटीको आज सम्पन्न चौथो नगर अधिवेशनले कंडेलको अध्यक्षतामा सर्वसम्मत ५४ सदस्यीय नगर कमिटी चयन गरेको हो । विगत एकवर्षदेखि संयोजकको रुपमा काम गर्दै आएका कंडेल चौथो नगर अधिवेशन मार्फत सर्वसम्मत रुपमा अधयक्षमा चयन हुनुुभएको हो । नगर कमिटीको उपाध्यक्षमा सुमन गैरे सचिवमा अर्जुन पराजुली र कोषाध्यक्षमा अम्विका ओझ...