नवलपुर । नेकपा एमालेका ६ जना नेताहरुले गैंडाकोटको मेयरमा दाबी गरेका छन् । मेयरमा दावी गर्नेमा छत्रराज पौडेल,  षडानन्द लामिछाने, यमुनाथ आचार्य, , गोपाल प्रसाद गौतम, रामुकान्त अर्याल, श्रीराम सुवेदी रहेको नगर कमिटीअध्यक्ष षडानन्द लामिछानेले  जानकारी दिनु भयो ।

यस्तै नगर उपप्रमुखमा ४ जनाले दावी गरेका छन् । उपप्रमुखको आकांक्षीमा चेतना अर्याल, छविकला पाण्डे, गिता तिवारी र यदुनाथ सिग्देलले रहेका हुन् । मंगलबार बसेको नगर कमिटिको बिस्तारित भेलामा  उम्मेद्धावारका आकांक्षीको नाम संकलन गरेको थियो । स्थानिय तहको चुनाव २०७९ बैशाख ३० गते हुदै छ ।

तपाईको प्रतिक्रिया