गैँडाकोट । बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले गैँडाकोट ११ को वडाअध्यक्षमा गोविन्द सुवेदीलाई उठाउने निर्णय गरेको छ ।२०७४ सालको स्थानीय निर्वाचनमा एमालेको तर्फबाट विजयी भएर हाल वडाअध्यक्ष सम्हालिरहेका सुवेदीलाई पुन अध्यक्षमा उठाउने निर्णय एमालेले गरेको हो ।

नेकपा एमाले गैँडाकोट ११ को अज बसेको बैठकले सबैकोणबाट अध्ययन गरेर सुवेदी उत्कृष्ट भएको भन्दै उनलाईनै वडाअध्यक्षको रुपमा अघि सारेको एमाले वडा अध्यक्ष गुरुप्रसाद पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया