गैँडाकोट । नेकपा (माओवादी केन्द्र) गैँडाकोटले स्थानीय तहको चुनावको लागि नगरको वडा नं. ५ र ८ मा पार्टीको तर्फबाट वडा अध्यक्षको टुगों लगाएको छ ।नेकपा (माओबादी केन्द्र) वडा नं. ५ र ८ को वडा कमिटी बैठकले सर्वसम्मत रुपमा वडा अध्यक्षहरुको टुगों लगाएको हो ।

वडा नं. ५ मा अर्जुन पोखरेल र वडा नं. ८ मा दुर्गाजित कुुंवरलाई वडा अध्यक्षको रुपमा अघिसार्ने सहमती भएको सूचना उज्यालो खबरले प्राप्त गरेको छ । वडा नं. ८ मा वडा सदस्यहरुमा सम्झना नेपाली, कमला आार्चाय, दुर्गा बहादुर पुन र ऋषिराम जर्मकट्टेललाई अघि सार्ने निर्णय भएको छ ।

तपाईको प्रतिक्रिया