गैँडाकोट । नेकपा एमाले निकट युवाहरुको संगठन राष्ट्रिय  युवासंघ नेपाल गैँडाकोट नगर कमिटीको अध्यक्षमा विनोद कंडेल निर्वाचित हुनुभएको छ । राष्ट्रिय युवासंघ नेपाल गैँडाकोट नगर कमिटीको आज सम्पन्न चौथो नगर अधिवेशनले कंडेलको अध्यक्षतामा सर्वसम्मत ५४ सदस्यीय नगर कमिटी चयन गरेको हो ।

विगत एकवर्षदेखि संयोजकको रुपमा काम गर्दै आएका कंडेल चौथो नगर अधिवेशन मार्फत सर्वसम्मत रुपमा अधयक्षमा चयन हुनुुभएको हो । नगर कमिटीको उपाध्यक्षमा सुमन गैरे सचिवमा अर्जुन पराजुली र कोषाध्यक्षमा अम्विका ओझा रहनुभएको छ ।

अध्यक्षमा निर्वाचित भएपछि पत्रकारसँग कुरागर्दै नवनिर्वाचित अध्यक्ष कंडेलले स्थानीय निकायको चुनावमा एमालेलाई पहिलो बनाउन आफुहरु लागि पर्ने बताउनुभयो । पूर्ण कमिटी तयार नहुँदा युुवाहरु एक हुन समस्या थियो, कंडेलले भन्नुभयो : अवको ३५ दिन हाम्रा लागि अग्नी परिक्षा हो । कमिटीमा आवद्ध सबै युवाहरुको पूरै शक्ति निर्वाचनमा होमिने उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया