
सुस्मा न्यौपाने
चितवन । बैसाख ३० गतेका लागि तय भएको स्थानीय निकायको निर्वाचनमा चितवनको कालिका नगरपालिका वडा नं. ६ बाट युवा नेता ईश्वर भट्टराईको नाम चर्चामा आएको छ । नेकपा (माओवादी केन्द्र)को तर्फबाट वडा अध्यक्षमा भट्टराईले उमेदवारी दिन सक्ने सम्भावना उच्च देखिएको छ ।
सफल युवा ब्यवसायी, नेता तथा समाजसेवीको रुपमा आफुलाई स्थापित गर्नुभएका भट्टराईले पार्टिले टिकट दिए स्थानीय निकायको निर्वाचनमा वडा अध्यक्षको रुपमा अगाडी बढ्ने संकेत गर्नुभएको छ । उज्यालो खबरसँग कुरा गर्दे उहाँले कालिका नगर र वडा नं. ६ को विकासका लागि युवा नेतृत्वको खाँचो रहेको भन्दै पार्टिले योग्य ठाने आफुु अगाडी बढ्ने बताउनुभयो ।यस क्षेत्रमा रहेका हरेक समस्याहरु सँग म जानकार छु उहाँले भन्नुभयो : वडाबासीको समृद्धिका लागि प्रष्ट भिजन सहित अगाडी बढ्ने मेरो योजना छ ।
कोरोना महामारीको बेला रगतको चरम अभाव हुँदा भट्टराईकै अगुवाईमा कालिका नगरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको थियो भने कोरोना प्रभावित विरामीहरुलाई आफ्नै खर्चमा अस्पताल लैजाने ल्याउने गरेका कामहरु पनि स्मरण गर्न योग्यछन् ।स्थानीय खोलाहरुमा बाढी आउदा उद्धार र राहतमा सबैभन्दा पहिला दौडने युवा समाजसेवी भट्टराईलाई युवा, पाका सबैको सहयोग रहने देखिएको छ ।
नेकपा माओबादी केन्द्र कालिका नगर सचिवालय सदस्य समेत रहनुभएका उहाँ वाइसीएल नेपाल चितवनको जिल्ला सदस्य तथा कालिका नगरकमिटीको अध्यक्ष हुनुहुन्छ भने दजर्नबढी सामाजिक संघसंस्थामा आवद्ध रहनुभएको छ ।झण्डै १२ वर्षदेखि राजनितिमा सकृय युवा नेता भट्टराई नेकपा माओवादी केन्द्र भित्र मात्र नभई अन्य राजनैतिक दलहरुसँग समेत सुमधुर सम्वन्ध भएका युवा नेता मानिनुहुन्छ ।