गैँडाकोट । बैशाख ३० गतेको लागि तय भएको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेले गैँडाकोट ४ को वडा अध्यक्षमा युवानेता दिनेशराज न्यौपानेलाई उठाउने निर्णय गरेको छ ।नेकपा एमाले गैँडाकोट ४ को अज बसेको बैठकले न्यौपानेलाई सर्वसम्मत रुपमा वडा अध्यक्षको रुपमा अघि बढाउने निर्णय गरेको पार्टीका वडा अध्यक्ष नवराज पौडेलले जानकारी दिनुभयो ।

नेकपा एमालेका जिल्ला सदस्य समेत रहेका न्यौपाने युवाहरुमाझ लोकप्रिय नेताको रुपमा परिचित छन् ।त्यसैगरी बैठकले सुभद्रा आचार्य, डिल्लिराम तिमिल्सिना, चोक बहादुर मगर, फुलमाया परियार लाई सदस्यको रुपमा सिफारिस गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया