×

राजनीति

गैँडाकाेटमा महेश बस्नेतकाे गर्जन : अवकाे चुनाव प्रचण्ड र माधव नेपालका लागि अन्तिम

गैँडाकाेटमा महेश बस्नेतकाे गर्जन : अवकाे चुनाव प्रचण्ड र माधव नेपालका लागि अन्तिम
गैंडाकोट । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा युवा फाट ईन्चार्ज महेश बस्नेतले अवको चुनावबाट प्रचन्ड र माधव नेपालको राजनैतिक भविष्य समाप्त हुने दावी गर्नुभएको छ । राष्ट्रिय युवा संघ नेपाल गैंडाकोटको नगर कमिटीको चौंथो नगर अधिवेशनलाई आज दिउसो नवलपुरमा सम्बोधन गर्दै नेता बस्नेतले अवको चुनावनै प्रचन्ड र माधव नेपालका लागि अन्तिम हुने जिकिर गर्नु्भयो । बस्नेतले भन्नुभयो,“केपी ओलीप्रति जनलहर बढीरहेको छ, आगामी स्थानीय चुनाव र त्यसपछिका प्रदेश तथा संसदीय चुनावमा एमालेकै पल्लाभारी ह...

एमाले युवा नेता महेश बस्नेत भोलि गैँडाकोट आउँदै

एमाले युवा नेता महेश बस्नेत भोलि गैँडाकोट आउँदै
नवलपुर । नेकपा एमालेका युवा नेता महेश बस्नेत बिहिवार नवलपुरको गैँडाकोट आउनुहुने भएको छ । राष्ट्रिय युवासंघ गैँडाकोट नगर कमिटीको युवा भेलालाई सम्बोधन गर्न बस्नेत गैँडाकोट आउन लाग्नुभएको हो ।राष्ट्रिय युवासंघ गैँडाकोट नगरकमिटीका संयोजक विनोद कंडेलले नगर कमिटीले आयोजना गरेको युवाभेलालाई सम्बोधन गर्न बस्नेत गैँडाकोट आउन लागेको जानकारी दिनुभयो । पार्टीका पोलिटव्यूरो सदस्य समेत रहेका युवा नेता बस्नेतको साथमा राष्टिय युवासंघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेल पनि गैँडाकोट आउने ...

गाउँपालिका अध्यक्षको घिनलाग्दो राजनीति, २४ घण्टा नबित्दै माओवादीमै फर्किए

गाउँपालिका अध्यक्षको घिनलाग्दो राजनीति, २४ घण्टा नबित्दै माओवादीमै फर्किए
काठमाडौँ। बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटी (हरि) नेकपा माओबादी केन्द्रमै फिर्ता भएका छन् ।नेकपा एमालेबाट गाउँपालिकाको अध्यक्ष पाउने आशमा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर एमाले प्रवेश गरेका डल्लाकोटीले घिनलाग्दो चरित्र प्रस्तुत गरेका हुन् ।उनले २४ घण्टा नबित्दै आफ्नो घिनलाग्दो खेल देखाएका हुन् । उनले आवेगका आएर आफूले गलत निर्णय लिएकाे भन्दै उनले माओवादीमै फर्किएको जनाएका छन ।यसअघि उनी नेकपा माओवादी केन्द्रबाट २०७४ को स्थानीय निर्वाच...

स्थानीय चुनाव : नवलपुरमा एमालेलाई सकस

स्थानीय चुनाव :  नवलपुरमा एमालेलाई सकस
नवलपुर ।  स्थानीय निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरु चुनावी घोषणापत्रको तयारीमा जुटेका छन् । चुनावी कार्यक्रममा नेताहरुको दौडधूप त छँदैछ । राजनीतिक दलहरु २०७४ मा निर्वाचित भएका क्षेत्रहरु जोगाउने र पराजित भएका स्थानीय तहमा विजय हासिल गर्ने ध्याउन्नमा छन् । सत्ता गठबन्धनमा आवद्ध रहेका दलहरु चुनावी गठबन्धन कायम राखेर जित निश्चित गर्ने योजनामा छन् । सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेसले आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । यसले शंका र राजनीतिक तरंग ...

मध्यविन्दुको मेयरमा युवा नेता भट्टराईद्धारा उम्मेदवारी घोषणा

मध्यविन्दुको मेयरमा युवा नेता भट्टराईद्धारा उम्मेदवारी घोषणा
अरुणखोला— मध्यविन्दु नगरपालिकाको मेयर पदमा नेपाली काग्रेसका युवा नेता कमलराज भट्टराईले मेयर पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । पत्रकारहरुसंग कुराकानी गर्दै भट्टराईले समृद्ध र आत्मनिर्भर नगरपालिका निमार्णको लागि आफुले नगरप्रमुखमा नेपाली काग्रेसको तर्फबाट उम्मदेवारी दिने घोषणा गर्नु भएको हो । लामो समय देखि नेपाली काग्रेसको राजनितिमा सक्रिय भट्टराईले मेयर पदका लागि पाचं वर्षे कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । मध्यविन्दु १० अरुणखोला निवासी भट्टराई २०५५ सालको स्ववियु निर्व...

एमाले सरकार ढाल्नेसँग गठबन्धन गर्दैनौं : ईश्वर पोखरेल

एमाले सरकार ढाल्नेसँग गठबन्धन गर्दैनौं : ईश्वर पोखरेल
चितवन। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमाले सरकार ढाल्नेसँग चुनावमा गठबन्धन नगर्ने बताएका छन् ।प्रेस चौतारी नेपाल चितवनले आज बिहान भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पोखरेलले सो कुरा बताएका हुन् । उनले भने, ‘एमाले नेतृत्वमा भएको कम्युनिष्ट सरकार ढालेर कांग्रेस मूल प्रतिद्वन्द्वी हो उसलाई प्रधानमन्त्री बन भनेर उसको नेतृत्वमा सरकार बनाउने काम गर्ने, त्यो गठबन्धन कायम गर्ने अनि जसले यो काम गर्यो फेरि उनीहरुसँगै गठबन्धन हुन्छ भन्ने कुरै हुँदै...

यी हुन् एमालेका तर्फबाट गैँडाकोटमा वडाअध्यक्षका सम्भावित उमेदवार !

यी हुन् एमालेका तर्फबाट गैँडाकोटमा वडाअध्यक्षका सम्भावित उमेदवार !
गैँडाकोट । नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा उठ्ने वडा अध्यक्षहरुको टुंगो लगाउने जिम्मा पार्टीको वडा कमिटीलाई दिएको छ । वडा कमिटीले उमेदवारहरुको टुंगो लगाउन नसकेमा  जिल्ला कमिटीले टुंगो लगाउने छ । गैँडाकोट नगरपालिकाका १८ वडाहरुमा एमालेको तर्फबाट उमेदवार बन्न सक्ने सम्भावित वडाअध्यक्षहरुको नामावली उज्यालो खबरले प्राप्त गरेको छ । नेकपा एमालेका वडा र नगरस्तरका नेताहरुको भनाईलाई आधार मानेर यहाँ वडाका सम्भावित वडाअध्यक्षहरुको नामावली प्रस्तुत गरिएको छ । वडा नं. सम्भावित ...

ओलीले भने: प्रधानन्त्रीज्यू, दिल्लीको नेपाली दूतावासमा ‘चुच्चे नक्सा’ झुन्ड्याएर फर्किनुहुन्छ कि त्यसै ?

ओलीले भने: प्रधानन्त्रीज्यू, दिल्लीको नेपाली दूतावासमा ‘चुच्चे नक्सा’ झुन्ड्याएर फर्किनुहुन्छ कि त्यसै ?
काठमाडौं ।  एमाले अध्यक्ष केपी ओलीले भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई दिल्लीस्थित दूतावासमा चुच्चे नक्सा झुन्ड्याएर फर्किने कि त्यसै फर्किने भनेर प्रश्न गरेका छन् ।एमालेनिकट बुद्धिजीवी परिषद्को १०औं राष्ट्रिय अधिवेशनको आइतबार उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले भने, ‘प्रधानमन्त्रीज्यू, भारत भ्रमणबाट दूतावासमा चुच्चे नक्सा झुन्ड्याएर फर्किनुहुन्छ कि त्यसै ? शनिबार दूतावासमा आयोजित कार्यक्रममा चुच्चे नक्सा प्रयोग नभएकोप्रति आपत्ति जनाउँदै उनले सो प्रश्न गर...

गैँडाकोटमा राष्ट्रिय युवासंघको संगठन विस्तार आक्रामक, १६ वडाहरुमा कमिटी गठन

गैँडाकोटमा राष्ट्रिय युवासंघको संगठन विस्तार आक्रामक, १६ वडाहरुमा कमिटी गठन
गैँडाकोट । राष्ट्रिय युवासंघ नेपाल गैँडाकोटले नगरका १६ वडाहरुमा कमिटी गठन गरेको छ । आक्रामक रुपमा संगठन विस्तारमा जुटेको राष्ट्रिय युवासंघले शनिवारसम्म १६ वडाहरुमा कमिटी गठन गरेको नगर अध्यक्ष विनोद कंडेलले जानकारी दिनुभयो । शनिवार  गैँडाकोट नगरपालिका वडा नं.७ र १६ मा कमिटी गठन गरिएको छ । गैँडाकोट वडा नं. ७ मा सुरज सापकोटाको संयोजकत्वमा ३५ सदस्यीय र वडा नं. १६ मा महेश्वर सापकोटाको संयोजकत्वमा २१ सदस्यीय वडा कमिटी गठन गरिएको उहाँले बताउनुभयो । कमिटी गठन कार्यक्रममा बोल्दै...