
नवलपुर । नेकपा एमालेका युवा नेता महेश बस्नेत बिहिवार नवलपुरको गैँडाकोट आउनुहुने भएको छ । राष्ट्रिय युवासंघ गैँडाकोट नगर कमिटीको युवा भेलालाई सम्बोधन गर्न बस्नेत गैँडाकोट आउन लाग्नुभएको हो ।राष्ट्रिय युवासंघ गैँडाकोट नगरकमिटीका संयोजक विनोद कंडेलले नगर कमिटीले आयोजना गरेको युवाभेलालाई सम्बोधन गर्न बस्नेत गैँडाकोट आउन लागेको जानकारी दिनुभयो ।
पार्टीका पोलिटव्यूरो सदस्य समेत रहेका युवा नेता बस्नेतको साथमा राष्टिय युवासंघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेल पनि गैँडाकोट आउने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।गैँडाकोट नगरपालिका वडा नं. ४ मा रहेको फेम्ली क्याफेमा आयोजना गरिएको युवा भेलामा नेकपा एमालेका केन्द्रीय सदस्यहरु तिलक बहादुर महत, रविन्द्र अधिकारी, कृष्ण पौडेल, जिल्ला अध्यक्ष मुक्तिराम पाण्डे, राष्ट्रिय युवासंघका जिल्ला अध्यक्ष कृष्ण कंडेल लगायतका नेताहरु आउनुहुने कार्यक्रम छ ।
राष्ट्रिय युवासंघ गैँडाकोटको बृहत युवा भेला मार्फत कमिटीलाई पूर्णता दिने समेत कार्यक्रम छ । गैँडाकोटमा विगत एकवर्षदेखि युवा नेता विनोद कंडेललाइ राष्ट्रिय युवासंघको संयोजकको रुपमा जिम्मेवारी दिइएको छ ।स्थानीय निकायको निर्वाचनको मिति नजिकैदै गएपछि राष्ट्रिय युवासंघ गैँडाकोट नगर कमिटीले संगठनलाई पूर्णता दिदै सवै युवाहरुलाई परिचालन गर्दै चुनावमा परिचालन गर्ने तयारी गरेको छ ।