काठमाडौँ। बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटी (हरि) नेकपा माओबादी केन्द्रमै फिर्ता भएका छन् ।नेकपा एमालेबाट गाउँपालिकाको अध्यक्ष पाउने आशमा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर एमाले प्रवेश गरेका डल्लाकोटीले घिनलाग्दो चरित्र प्रस्तुत गरेका हुन् ।उनले २४ घण्टा नबित्दै आफ्नो घिनलाग्दो खेल देखाएका हुन् ।

उनले आवेगका आएर आफूले गलत निर्णय लिएकाे भन्दै उनले माओवादीमै फर्किएको जनाएका छन ।यसअघि उनी नेकपा माओवादी केन्द्रबाट २०७४ को स्थानीय निर्वाचनमा धादिङ जिल्लामा निर्वाचित एक मात्र अध्यक्ष बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटि (हरि) नेकपा एमाले प्रवेश गरेका थिए ।नेपालको राजनीति कतिको घिनलाग्दो छ भनेर यो काण्डले उदांगो पारेको छ ।

तपाईको प्रतिक्रिया