
नवलपुर । स्थानीय निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलहरु चुनावी घोषणापत्रको तयारीमा जुटेका छन् । चुनावी कार्यक्रममा नेताहरुको दौडधूप त छँदैछ । राजनीतिक दलहरु २०७४ मा निर्वाचित भएका क्षेत्रहरु जोगाउने र पराजित भएका स्थानीय तहमा विजय हासिल गर्ने ध्याउन्नमा छन् । सत्ता गठबन्धनमा आवद्ध रहेका दलहरु चुनावी गठबन्धन कायम राखेर जित निश्चित गर्ने योजनामा छन् ।
सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेसले आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । यसले शंका र राजनीतिक तरंग दुवै सिर्जना गरेको छ । कतिपयले यसलाई कम्युनिष्ट गठबन्धन रोक्ने षडयन्त्रमात्र भनेका छन् ।सबै स्थानमा भने चुनावी तालमेल गर्न नहुने सत्ता गठबन्धनका दलका नेताहरुकै धारणाअनुसार कांग्रेसको यस्तो निर्णय सार्वजनिक भएको हो ।
उता, प्रतिपक्षी नेकपा एमालेका नेताहरु सत्ता गठबन्धनसहित अन्य दलहरु एक भएर आए पनि आफूहरु विजयी हुने चुनौती प्रस्तुत गरिरहेका छन् ।यस्तोमा ४ नगरपलिका र ४ गाउँपालिका रहेको नवलपुर जिल्लाका स्थानीय तहमा आफ्नो अवस्था कस्तो छ भनेर दलहरु जोडघटाउमा छन् ।
यस्तो छ अघिल्लो निर्वाचनको अवस्था
गैंडाकोट नगरपालिका
गैंडाकोट नगरपालिकाको प्रमुखमा नेकपा एमालेका छत्रराज पौडेलले ११३०२ मत पाएर विजयी हुदाँ निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका गजेन्द्र बहादुर आलेले ११०७८ मत प्राप्त गरेका थिए भने उपप्रमुखमा नेपाली कांग्रेसकी विष्णुकुमारी कंडेलले ११५५५ मत पाएर विजयी हुदाँ नेकपा एमालेकी राधा पौडेल १०४५६ मतका साथ उपविजेता बनेकी थिईन । १८ वडा रहेको गैंडाकोट नगरपालिकामा ९ वटा वडाको वडा अध्यक्षमा नेपाली कांग्रेस, ८ वटा वडाको वडा अध्यक्षमा नेकपा एमाले र १ वटा वडाका् वडा अध्यक्षमा राष्ट्रिय जनमोर्चाका उम्मेदवार ले जितेका थिए ।
देवचुली नगरपालिका
देवचुली नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका पुर्णकुमार श्रेष्ठले ८५७९ मत पाएर विजयी हुदाँ निकटम प्रतिद्वन्दी नेकपा एमालेका हरिप्रसाद न्यौपानेले ८५१० मत पाएका थिए भने उपप्रमुखमा नेकपा एमालेकी पार्वता तिवारीले ८७५१ मत पाएर विजयी हुदाँ नेपाली कांग्रेसकी लक्ष्मी बस्ताकोटी ८३९२ मतका साथ साथ उपविजेता बनेकी थिईन । १७ वडा रहेको देवचुली नगरपालिकामा १० वटा वडाको वडा अध्यक्षमा नेपाली कांग्रेस, ६ वटा वडाको वडा अध्यक्षमा नेकपा एमाले र १ वटा वडाका् वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार ले जितेका थिए ।
कावासोती नगरपालिका
कावासोती नगरपालिकाको प्रमुखमा नेकपा एमालेकी चन्द्रकुमारी पुन १३०४१ मत पाएर विजयी हुदाँ निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका महेन्द्रप्रसाद पोख्रेलले १२५९४ मत पाएका थिए भने उपप्रमुखमा नेकपा एमालकै प्रेमशंकर मर्दनियाले १३८१४ मत पाएर विजयी हुदाँ नेपाली कांग्रेसकी खगीसरा गुरुङ ११६९३ मतका साथ साथ उपविजेता बनेकी थिईन । १७ वडा रहेको कावासोती नगरपालिकामा ८ वटा वडाको वडा अध्यक्षमा नेपाली कांग्रेस, ८ वटा वडाको वडा अध्यक्षमा नेकपा एमाले र १ वटा वडाका् वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार ले जितेका थिए ।
मध्यविन्दु नगरपालिका
मध्यविन्दु नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका चन्द्रबहादुर रानाले १०९९७ मत पाएर विजयी हुदाँ निकटम प्रतिद्वन्दी नेकपा एमालेका भीमलाल अधिकारीले १००६४ मत पाएका थिए भने उपप्रमुखमा नेपाली कांग्रेसकै ओमकुमारी महतोले १०८३५ मत पाएर विजयी हुदाँ नेकपा एमालकी जोगमाया महतो १००३३ मतका साथ साथ उपविजेता बनेकी थिईन । १५ वडा रहेको मध्यविन्दु नगरपालिकामा १० वटा वडाको वडा अध्यक्षमा नेपाली कांग्रेस र ५ वटा वडाको वडा अध्यक्षमा नेकपा एमाले उम्मेदवार ले जितेका थिए ।
बुलिङटार गाउँपालिका
बुलिङटार गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका शशीकिरण बस्ताकोटीले ४६९८ मत पाएर विजयी हुदाँ निकटम प्रतिद्वन्दी नेकपा एमालेका विद्रोही गिरीले २४८२ मत पाएका थिए भने उपाध्यक्षमा नेपाली कांग्रेसकै मैना कामी४६६२ मत पाएर विजयी हुदाँ नेकपा एमालकी पार्वती थापा २५४७ मतका साथ साथ उपविजेता बनेकी थिईन । ६ वटा वडा रहेको बुलिङटार गाउँपालिकाको ६ वटै वडाको वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।
बौदीकाली गाउँपालिका
बौदीकाली गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका दुर्गाबहादुर रानाले ३१९१ मत पाएर विजयी हुदाँ निकटम प्रतिद्वन्दी नेकपा एमालेका श्यामसुन्दर श्रेष्ठले ३०३९ मत पाएका थिए भने उपाध्यक्षमा नेपाली कांग्रेसकै मायादेवी श्रेष्ठ ३१७३ मत पाएर विजयी हुदाँ नेकपा एमालकी डिलकुमारी केसी सारु ३०१० मतका साथ उपविजेता बनेकी थिईन । ६ वटा वडा रहेको बौदीकाली गाउँपालिकामा ३ वटा वडामा नेपाली कांग्रेस र ३ वटा वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए ।
हुप्सेकोट गाउँपालिका
हुप्सेकोट गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसकी लक्ष्मीदेवी पाण्डेले ४५९२ मत पाएर विजयी हुदाँ निकटम प्रतिद्वन्दी नेकपा एमालेका मेकबहादुर पुलामी मगरले ४३५८ मत पाएका पाएका थिए भने उपाध्यक्षमा नेकपा एमालकी स्वतन्त्र कोपिला मल्ल ४४६८ मत पाएर विजयी हुदाँ नेपाली कांग्रेसका ओमबहादुर घर्ती ४४१३ मतका साथ उपविजेता बनेका थिए । ६ वटा रहेको हुप्सेकोट गाउँपालिकामा ४ वटा वडाको वडा अध्यक्षमा नेपाली कांग्रेसका र २ वटा वडाको वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए ।
विनयी त्रिवेणी गाउँपालिका
विनयी त्रिवेणी गाउँपालिका नेपाली कांग्रेसका डम्बरबहादुर जिसीले ६९०९ मत पाएर विजयी हुदाँ निकटम प्रतिद्वन्दी नेकपा एमालेका लक्ष्मणबहादुर पाण्डेले ५३५० मत पाएका पाएका थिए भने उपाध्यक्षमा नेपाली कांग्रेसकी मिनाकुमारी राना ६८९६ मत पाएर विजयी हुदाँ नेकपा एमालकी ताराकुमारी बि।क मतका साथ उपविजेता बनेकी थिईन । ७ वटा वडा रहेकोविनयी त्रिवेणी गाउँपालिकामा ६ वटा वडाको वडा अध्यक्षमा नेपाली कांग्रेसका र १ वटा वडाको वडा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए ।
कुल ९२ वटा वडा रहेको नवलपुरमा गत स्थानीय निर्वाचनमा ५६ वटा वडाको वडा अध्यक्षमा नेपाली कांग्रेस, ३३ वटा वडाको वडा अध्यक्षमा नेकपा एमाले , २ वटा वडाको वडा अध्यक्षमा नेकपा माओवादी केन्द्र र १ वटा वडामा राष्ट्रिय जनमोर्चाका उम्मेदवार विजयी भएका थिए ।
अब के होला ?
कांग्रेस, माओवादी, एकीकृत समाजवादी , जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चा एक भएर निर्वाचनमा होमिएमा अघिल्लो निर्वाचनको नतिजा जोगाउन गाह्रो हुने एमालेका एक नेता स्वीकार गर्छन् ।“हाम्रो अवस्था जे भए पनि पाँचवटा एकैतिर भएर आउँदा अघिल्लो निर्वाचनको नतिजा जोगाउन गाह्रै छ नि !” ती नेता भन्छन् ।
तर, एमाले नवलपुर जिल्ला अध्यक्ष मुक्तिराम पाण्डले भने अन्य दलको गठबन्धन सँग एमाले प्रतिस्पर्धा गर्न सक्षम रहेको बताए । उनले भने, “यो गठन्धनलाई हामीले अप्राकृतिक गठन्धन भनेका छौ, अहिले नीति, विचार, कार्यक्रम, सिद्धान्त नमिमल्ने पार्टीहरुको बीचमा बनेको गठन्धन निश्चित स्वार्थ सिद्धिका लागी बनेको एमाले गठबन्धन सँग एक्लै प्रतिस्पर्धा गर्छ ।”
गठबन्धन सँग एक्लै लडन चुनाव लडने बताई रहदा पाण्डेले स्थानिय तहको आवश्यकतामा केही साना दल सँग तालमेल हुन सक्ने तर्फ संकेत गरेका छन । केही का साना दलहरु सँग स्थानिय तहमा औपचारिक अनौपचारिक छलफल सुरु भएको पाण्डेले बताए ।
पार्टी फुटको असर जिल्लामा नभएको बताएका पाण्डेले पार्टी छोडेने न्युन संख्यामा रहेका र त्यसले निर्वाचनमा असर नपार्ने जिकिर गरे ।