
अरुणखोला— मध्यविन्दु नगरपालिकाको मेयर पदमा नेपाली काग्रेसका युवा नेता कमलराज भट्टराईले मेयर पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । पत्रकारहरुसंग कुराकानी गर्दै भट्टराईले समृद्ध र आत्मनिर्भर नगरपालिका निमार्णको लागि आफुले नगरप्रमुखमा नेपाली काग्रेसको तर्फबाट उम्मदेवारी दिने घोषणा गर्नु भएको हो । लामो समय देखि नेपाली काग्रेसको राजनितिमा सक्रिय भट्टराईले मेयर पदका लागि पाचं वर्षे कार्ययोजना प्रस्तुत गर्नुभएको थियो ।
मध्यविन्दु १० अरुणखोला निवासी भट्टराई २०५५ सालको स्ववियु निर्वाचनमा कुमारवर्ती क्याम्पसको सहसचिव , २०५७ साल देखि २०६० साल सम्म सचिव र क्याम्पस इकाईको अध्यक्ष रहनु भएको थियो । यसैगरी त्रिभुवन विश्वविद्यँलय नेविसंघको उपाध्यक्ष पदमा रहेर काम गरीसक्नु भएको अनुभव रहेको छ ।
नेविसंघको राजनितिमा प्रखर बक्ताकोरुपमा परिचित भट्टराईले व्यवस्थापन संकायमा एमफिल गर्नु भएको छ । नेपाली काग्रेसको १२ औ महाधिवेशनमा महाधिवेशन प्रतिनिधी र १३ औ महाधिवेशनमा महासमिति सदस्य पदमा रहेर नेपाली काग्रेसको संगठन निर्माण र यसको विस्तारमा निरन्तर लागि परीरहनु भभएको छ ।
नेपाली काग्रेसका महामन्त्री गगन थापा निकट मानिने भट्टराईले युवा नेतृत्वले मात्र सम्भव परिवर्तन भएको भन्दै आफुले आगामी स्थानीय तहको निर्वाचनमा नगर प्रमुख पदमा उम्मेदवारी दिने बताउनु भएको हो । यसअघि नेपाली काग्रेसका सुर्य गुरुङ्ग, श्रीधर शर्मा , दोमन भण्डारीले पनि मेयर पदमा आफ्नो उम्मेदवारी घोषणा गरीसकेका छन् ।