पोखराले काठमाडौंबाट पाठ सिक्नुपर्छ : मेयर शाक्य
कास्की । काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको अवस्थाबाट पोखराले पाठ सिक्नु पर्ने बताएका छन्।
काठमाडौं र पोखराको चुनौती अनियन्त्रित बसाइँसराइ रहेको भन्दै शाक्यले व्यवस्थित बसोबासका योजना बनाउन पोखरा महानगरलाई सुझाव दिए।
मेयर शाक्यको टोली सोमबार पोखरा महानगरको कार्यालयमा आएका थिए। उनीहरूलाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्दै मेयर शाक्यले भने, ‘काठमाडौंको अहिलेको अवस्थाबाट पाठ सिकेर पोखराले व्यवस्थित बसोबासको एकिकृत बस्ती विकास गर्नुपर्छ, दुबै शहरको च...


