पार्टीभित्रको मतभेदले सरकार र पार्टीलाई अझै बढी सुदृढ बनाउँछ : गृहमन्त्री थापा
भरतपुर । गृहमन्त्री रामबहादुर थापा बादलले पार्टीभित्रको मतभेदले सरकार र पार्टीलाई अझै बढी सुधृढ बनाउने बताउनु भएको छ । प्रेस संगठन चितवनले आज सोमबार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले अहिलेको जारी स्थायी कमिटीको बैठकले पार्टीभित्रको समस्या समाधान गर्ने बताउनुभयो ।
उहाँले पार्टी कुनै पनि हालतमा नफुट्ने दावी गर्दै भन्नुभयो “पार्टी फुट्ने त प्रश्नै उठ्दैन अरु सुधृढ भएर जान्छ ।” नेपाल कम्युनिष्ट पार्टी नेकपा का सचिवालय सदस्य समेत रहनु भएका गृहमन्त्...


