
दाङ । टिकटक बनाउन झुलुङ्गे पुलमा झुण्डिएका एक युवा लडेर गम्भीर घाइते भएका छन्।दाङको तुलसीपुर उपमहानगरपालिका-१९ बिजौरीका २४ वर्षीय रमेश थापा बबई गाउँपालिका-५ पुरन्धारा झरना नजिकैको बबई नदीको झुलुङ्गे पुलबाट लडेर गम्भीर घाइते भएका हुन्।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहका अनुसार पुलबाट झरेर गम्भीर घाइते थापालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भीक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको छ।
शनिबार साँझ सवा ६ बजेतिर घाइते थापालाई कोहलपुर रेफर गरिएको अस्पताल प्रशासनले सेतोपाटीलाई जानकारी दिएको छ ।
शनिबार रमाईलो गर्ने भन्दै २५र२६ जना साथी मिलेर पर्यटकीयस्थल पुरन्धारा झरनामा पिकनिक खान गएका थिए। त्यहीँ समयमा थापाले टिकटक बनाउन भन्दै बबई नदी माथिको झुलुङ्गे पुलमा राखिएको सपोट तारमा झुण्डिएका थिए। त्यहीँ क्रममा उनको हात गलेपछि सोझै बगरमा खसेका थिए। सेतोपाटीबाट