Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

चितवन । बढ्दै गएको रगतको अभावलाई न्यून गर्ने उदेश्यले लायन्स क्लव अफ भरतपुर उज्यालोले सोमबार भरतपुरको चौबिसकोठीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा १२ जना महिला सहित ६४ जनाले रक्तदान गरेको जोन चियरपर्सन ऋतु गिरीले जानकारी दिनु भयो ।

लायन्स क्लबस् ईन्टरनेशनल ३२५ वी २ का डिस्ट्रिक भाईस गर्भनर लायन रामप्रसाद भट्टको प्रमुख आतिथ्यता एवम् एरिया नं.३ का एरिया चिफ लायन प्रभाकर पण्डीत र जोन चेयरपर्सन ऋतु गिरी विशिष्ट अतिथि रहनु भएको सो कार्यक्रममको अध्यक्षता लायन लक्ष्मी रिजालले गर्नुभएको थियो ।

रक्तदान कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि, जोन चियरपर्सन ऋतु गिरी , बिकास पौडेल,कार्यक्रम संयोजक एकराज बुर्लाकोटी, लायन्स क्लव अफ भरतपुर उज्यालोका सचिव अमृता भट्टराई, प्रमिला प्रधान लगायतले मन्तव्य राख्नुभएको थियो । लायन्स क्लव अफ भरतपुर उज्यालो  समाजिक गतिविधिमा स्थापनाकाल देखि नै सकृय  छ ।

 

 

तपाईको प्रतिक्रिया