
नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) ले नदिजन्य पदार्थ उत्खनन कार्यमा संलग्न ९ वटा ट्याक्टर र १ लाख ८० हजार ६ सय २० मुल्य बराबरको अवैध मालसामान नियन्त्रणमा लिई कारबाहीको लागि सम्बन्धीत निकायमा बुझाएको छ ।
बर्दघाट नगरपालका वडा नं. ५ स्थित खजुरा खोलाबाट अवैध रुपमा उल्खनन गरी बालुवा लोड गर्दै गरेको अवस्थामा लु २ त ९८२० र लु ३ त ८६७२ नं. का २ वटा ट्याक्टरलाई ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिईएका दुवै ट्याक्टरलाई आवश्यक कारबाहीको लागि बर्दघाट नगरपालिका, नगरकार्यपालिकाको कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।
त्यसै गरी अवैध रुपमा उत्खनन गरी बालुवा लोड गर्दै गरेको अवस्थामा सुनवल नगरपालिका वडा नं. ११ जर्गाह खोलाबाट लु ३ त २९०२ नम्बरको एक ट्याक्टर र सुनवल नगरपालिका वडा नं. ४ तुरिया खोलाबाट ६ वटा लु ३ त ३२३६, लु २ त ८३०९, लु ३ त ६४९४, लु ४ त १९८६, लु ४ त ३६४ र लु ३ त १८८८ ट्याक्टरलाई ईलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिईएको छ । नियन्त्रणमा लिईएका ७ वटा ट्याक्टरलाई आजै कारवबाहीको लागि सुनवल नगरपालिका,नगरकार्यपालिकाको कार्यालयमा बुझाईएको प्रहरी नायव उपरीक्षक राजुु लामाले जानकारी दिए ।
त्यसैगरी भारतबाट अवैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको अं. १ लाख ८० हजार ६ सय २० मुल्य बराबरको मालसमान जिल्लाको बिभिन्न स्थानबाट प्रहरीले बरामद उनले बताए । मंसिर १५ गते अन्दाजी १६ः०० बजेको समयमा भारतबाट अवैध रुपमा ल्याउदै गरेको अन्दाजी ९० हजार १ सय मुल्य बराबरको कपडा,चिनी, प्याज, धनियाको बिउ लगायतका मालसामान रामग्राम नपा १२ सेतोपुल स्थितबाट प्रहरीले बरामद गरेको हो ।
त्यसै गरी मंगलबार विहान ११ः३० बजेको समयमा अन्दाजी ९० हजार ५ सय २० मुल्य बराबरको ब्याडमिन्टनको ¥याकेट, माईक हर्न, वायर केबल, फ्युज बल्ब, अटो ट्युब लगायतका मालसामान सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीले पाल्हीनन्दन गाउँपालिका वडा नं.२ स्थित भक्सिपुरबाट बरामद गरेको छ ।बराबद सम्पुर्ण मालसमान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्याल पश्चिम नवलपरासीले जनाएको छ ।