Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: [email protected]

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं.–४,हनुमानचोक बजार स्थित शित्तल पार्टी एवम् खानेपानी धाराको बुधवार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।

स्थानीय समाजसेवी रोमलाल खनालको पिता स्व. ईश्वरी प्रसाद खनाल एव. माता निमी खनालको स्मृतिमा छोरा बुहारी द्धारा निर्माण गरिएको शित्तल पार्टी एवम् खानेपानी धाराको एक समारोहका विच बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले नवनिर्मित शितल पार्टी एव. खानेपानी धाराले नगरको विकासमा थप ईट्टा थपेको र यस्ता विकास प्रेमीहरुलाई सम्मान गर्दै अगाडी बढने वताउनु भयो ।
गर्नु भएको छ । वरिष्ठ समाजसेवी रोमलाल खनालको पुज्जनीय पिता स्व. ईश्वरी प्रसाद खनाल एव. माता निमी खनालको स्मृतिमा छोरा बुहारी द्धारा निर्माण गरिएको शितल पार्टी एव. खानेपानी धारालाई यस नगरले एक विकासमा थप ईट्टा थपेको र यस्ता विकास प्रेमीहरुलाई सम्मान गर्दै अगाडी बढने वताउनु भएको छ ।
सो अवसरमा बुद्धभूमि नगरपालिका वडा नं. ४ का अध्यक्ष अध्यक्ष पवन कुमार थारुले खनाल परिवारले वडामा एक नमुना काम गरि उदाहरण पेश गरेको भन्दै प्रशंसा गर्नुभयो ।
कार्यक्रममा वडा सदस्य लोक प्रसाद खनाल ईलाका प्रहरी कार्यलय गोरुसिङ्गेका प्रतिनिधि तिलक प्रसाद शर्मा र माया चौधरी ,नेपाली कांग्रेस बुद्धभूमि नगरपालिका वडा नं. ४ का वडा सचिव चन्द्र जि.एम. झडुलामाई आध्यात्मिक प्रतिष्ठान का उपाध्यक्ष वसन्त प्रसाद भट्टाराई, सचिव शिव कुमारी थारु, प्रतिष्ठान सदस्य रुपा पाण्डे,प्रदीप वहादुर खडका,जानकी पाध्या, झडुलामाई धार्मिक प्रतिष्ठानका पुजारी कुलबहादुर खड्का तथा अल्पकालीन पुजारी शिर प्रसाद भट्टराई, नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा) का कपिलवस्तु जिल्ला अध्यक्ष गोपाल सापकोटा समाजसेवी देविराम खनाल,वेदुराम भट्टराई,टंक आचार्य,रमेश के.सी,सावित्रा कुवंर लगाएतको उपस्थिति रहेको थियो ।

 

तपाईको प्रतिक्रिया