×

गैँडाकोट । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले अवैध तस्करीमा संलग्न पिकअप गाडी सहित अन्दाजी १० लाख ५१ हजार २ सय मुल्य बराबर अवैध मालसामान जिल्लाको विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ।
मंगलबार दिउसो सवा १ वजेको समयमा भारतबाट भन्सार छली अवैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको अन्दाजी ३ लाख १३ हजार २ सय मुल्य बराबरको ५२२ थान छालाको बेल्ट (पेटी) सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको टोलिले नियन्त्रणमा लिएको डिएसपी राजु लामाले उज्यालो खबरलाई बताउनुभयो । बरामद भएका सबै समानहरु आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको उहाँले बताउनुभयो ।
त्यसैगरी दिउँसो २ वजे भारतबाट नेपाल तर्फ अवैध अवैध रुपमा लु १ च ६४१३ नम्बरको पिकअप गाडीमा ल्याउँदै गरेको २ क्वीन्टल ब्रोईलर कुखुरका चल्ला प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी रामनगरको टोलीले चल्ला नियन्त्रणमा लिएको हो । सुस्ता गाउँपालिका वडा नं. ५ टुटहवापुलबाट चल्ला सहित गाडी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चल्लको मुल्य ३८ हजार हजार र पक्राउ गरिएको गाडीको मुल्य ७ लाख रुपैयाँ छ । नियन्त्रणमा लिएका कुखुराका चल्ला, पिकअप गाडी र त्यसका चालकलाई पनि आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया