×

गैँडाकोट । नवलपरासी( पश्चिम) प्रहरीले  २ लाख ७१ हजार २ सय मुल्य बराबरको अवैध कपडा भारतीय सिमावर्ती क्षेत्रबाट बरामद गरेको छ । बुधवार दिउसो १ः२० वजे भारतबाट भन्सार छली अवैध रुपमा नेपाल तर्फ ल्याउँदै गरेको ३३ रोल कुर्ता सलवारको कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय (पश्चिम) नवलपरासीका डिएसपी राजु लामाले जानकारी दिनुभयो ।
सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलीलेपाल्हीनन्दन गाउंपालिका स्थित झरहीखोलाबाट बरामद गरेको लामाले बताउनु भयो । मोटरसाईकलमा राखि ल्याउँदै गर्दा प्रहरी टोलीलाई देखि कपडा फाली मोटरसाईकल सहित मानिस भागेका थिए ।
बरामद कपडा आवश्यक कारवाहीको लागि आजै महेशपुर भन्सार कार्यालय बुझाईएको छ । यसअघि मंगलबार मात्रै नवलपरासी (पश्चिम) प्रहरीले गाडी सहित १० लाख बढिको अवैध मालसमान बरामद गरेको थियो ।

 

तपाईको प्रतिक्रिया