धार्मिक पर्यटनको उडान: मौलाकालिका मन्दिरमा केबलकारको चमत्कार
गैंडाकोट - पूर्वी नवलपरासीस्थित प्रसिद्ध धार्मिकस्थल मौलाकालिका मन्दिरमा भक्तजनको चाप पछिल्लो समय तीव्र रूपमा बढेको छ। यसको प्रमुख कारण बनेको छ—२०८० सालमा सुरु गरिएको मौलाकाली केबलकार । आधुनिक सुविधाले धार्मिकस्थलमा पुग्ने पहुँच सहज बनाएपछि मन्दिरमा आउने भक्तजनको संख्या करिब ३० प्रतिशतले वृद्धि भएको छ ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिग्राम सापकोटाका अनुसार, पैदल तथा सडकमार्ग भएर पनि मन्दिर पुग्न सकिन्छ, तर पछिल्लो दुई वर्षमा झन्डै ५ लाखभन्दा बढी भक्तजन केबलकारमार्फत...


