×

गैँडाकोट- नवलपुरको गैडाकोट इङ्लिस स्कुलमा लोकतान्त्रिक विधि अपनाउँदै मिति विद्यार्थीहरूकै सक्रियतामा योजनाबद्ध रूपमा विभिन्न पदहरूको लागि शुक्रबार निर्वाचन सफलतापूर्वक सम्पन्न गरिएको छ ।

निर्वाचनमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता देखिएको थियो। उम्मेदवारले आफ्नो प्रचारप्रसार गरेका थिए भने मतदाताहरूले उत्साहका साथ मतदान प्रक्रियामा भाग लिएका थिए । स्वतन्त्र र निष्पक्ष वातावरणमा सम्पन्न निर्वाचनले विद्यालयमा लोकतान्त्रिक मूल्य र अभ्यासलाई सुदृढ गरेको देखिएको छ ।

विद्यार्थी प्रमुख पदमा कक्षा ९ की छात्रा अंकिता पौडेल निर्वाचित भइन् भने उपप्रमुखमा पार्थ भुसाल विजयी भएका छन् । अन्य विभिन्न पदहरूमा समेत छात्रछात्राहरूले प्रतिस्पर्धा गर्दै लोकतान्त्रिक अभ्यासको अनुभव लिएका थिए ।विद्यालयका प्राचार्य हिरालाल अर्यालले यस्तो निर्वाचनले विद्यार्थीहरूमा नेतृत्व क्षमता, आत्मविश्वास र जिम्मेवारीको भावना विकास गर्न सहयोग पु¥याउने बताए ।

विद्यालयका जनसम्पर्क अधिकृत श्रीहरि चालिसेले लोकतान्त्रिक चेतना बाल्यकालदेखि नै विकास गर्न यस्ता अभ्यास आवश्यक रहेको बताउँदै विद्यालयले यस कार्यलाई प्राथमिकताका साथ अघि बढाएको जनाए । विद्यालय प्रशासनले आगामी दिनहरूमा पनि यस्ता लोकतान्त्रिक अभ्यासलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

तपाईको प्रतिक्रिया