×

नवलपुर विशेष

बुटवलको बुद्धनगरमा युवतीमाथि गोली प्रहार

बुटवलको बुद्धनगरमा युवतीमाथि गोली प्रहार
बुटवल । बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल–११ बुद्धनगर बस्ने टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो । उनको कम्मर माथि गोली लागेको छ । रैनादेवी छहरा घर भई हाल बुटवल ११ बुद्धनगर बस्ने विष्टमाथि गोली प्रहार भएको र उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले बताए । विष्टमाथि कसले के कारणले गोली प्रहार गरेको हो भन्ने अझै नखुलेको डीएसपी रानाले...

आजको मौसमः यी तीन प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसमः यी तीन प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ- हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मूख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी प्रदेश र बागमती प्रदेशका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भईरहेको छ । आज देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थानहरू र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल...

गैँडाकोट आएर पार्टी फुटाउनेलाई ओलीले भने – किर्नाहरू अघाएपछि झरे

गैँडाकोट आएर पार्टी फुटाउनेलाई ओलीले भने – किर्नाहरू अघाएपछि झरे
गैंडाकोट- नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाइको कम्युनिष्ट पार्टी दुईपटकसम्म फुटाएर जानेहरू पार्टी भित्र अघाएर झरेका ‘किर्ना’हरू भएको टिप्पणी गरेका छन् ।नेकपा एमाले गैंडाकोट नगरकमिटीले आज नवलपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले पार्टीभित्र सधैं पाइरहेका र अवसर लिइरहेकाहरू नै असन्तुष्ट बन्ने टिप्पणी गरे । ‘पाउनेले नै पार्टीभित्र असन्तुष्टि जनाएको पाउँछु, केही अगाडि पार्टीभित्र यस्तै अघाएका मान्छेहरू नै पा...

नारायणी नदीमा बेपत्ता भएका दुबै बालकको शव भेटियो

नारायणी नदीमा बेपत्ता भएका दुबै बालकको शव भेटियो
मध्यविन्दु नगरपालिका १५ स्थित नारायणी नदी किनारबाट बेपत्ता भएका दुवै जना बालकको शव भेटिएको छ । साथीहरू सँग मङ्गलवार नारायणी नदीमा पौडी खेल्न गएका दुई जना बालक डुबेर बेपत्ता भएका थिए । बेपत्ता मध्य एक जनाको हिजो शव भेटिएको थियो भने अर्का एक जनाको आज शव भेटिएको हो । मध्यविन्दु नगरपालिका १२ बस्ने १५ वर्षीय विजय पौडेलको शव आज नारायणी नदीमा भेटिएको प्रहरी नायव उपरीक्षक मधु नेपालीले बताउनु भयो । मध्यविन्दु नगरपालिका १२ बस्ने १३ वर्षीय प्रज्वल पौडेलको शव बुधवार दिउँसो नदीमा भेटिए...

नवलपुरमा तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

नवलपुरमा तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन
गैँडाकोट- नवलपुरमा यस वर्ष तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा यस वर्ष दुई हजार ४६९ हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएकामा उक्त परिमाणमा उत्पादन भएको हो । केन्द्र प्रमुख कुलप्रसाद तिवारीले उत्पादन भएको तेलहन बालीमध्ये तोरी एक हजार ३१९ र सर्सियु एक हजार ७१५ मेट्रिक टन रहेको बताए । उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा यहाँ दुई हजार ४४३ हेक्टर क्षेत्रफलमा तोरी खेती गर्दा दुई हजार ९७१ मेट्रिक टन र २०७९र८० मा दुई हजार ४३३ हेक्टर क्षेत्...

नारायणगढ-बुटवल सडकको भौतिक प्रगति ६३ प्रतिशत

नारायणगढ-बुटवल सडकको भौतिक प्रगति ६३ प्रतिशत
चितवन- पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ-बुटवल सडकखण्ड विस्तारको भौतिक प्रगति ६३ प्रतिशत भएको छ ।११३ किलोमिटर लामो नारायणगढ–बुटवल सडकखण्डलाई दुई भागमा विभाजन गरी सडक विस्तारको काम थालिएको थियो । नारायणगढदेखि दाउन्नेसम्म पूर्वी खण्ड (६५ किलोमिटर)  र दाउन्नेदेखि बुटवलसम्म पश्चिम खण्ड (४९ किलोमिटर)  मा बाँडेर गरिएको विस्तारको कामले चालु बर्षको पछिल्लो तीन महिनामा अपेक्षाकृत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ। आयोजनाका सूचना अधिकृत शिव खनालका अनुसार पूवी खण्डमा भौतिक प्रगत...

ट्रयाक्टर दुर्घटनामा वडा सदस्यसहित दुई जनाको मृत्यु

ट्रयाक्टर दुर्घटनामा वडा सदस्यसहित दुई जनाको मृत्यु
भोजपुर । भोजपुर नगरपालिका-५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १-०२-००३ त ११२४ नम्बरको ट्रयाक्टर नगरपालिका-३ सेतीबगरमा गए राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा भोजपुर-५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिम्सिनाले जानकारी दिए। घटनाका विषयमा थप अनुसन्धान भइरहेको र ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

गैँडाकोटमा हनुमानलाई ३१ किलोको लड्डु

गैँडाकोटमा हनुमानलाई ३१ किलोको लड्डु
नवलपुर- हनुमान जयन्तीको अवसर पारेर यहाँको हनुमान मन्दिरमा ३१ किलोको लड्डु चढाइएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–९ थुम्सीस्थित हनुमान मन्दिरमा ३१ किलोको लड्डु चढाइएको हो ।गैँडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारी, उपप्रमुख शान्ति कोइरालासहित मन्दिर व्यवस्थापन समिति तथा भक्तजनले संयुक्त रूपमा महावली हनुमानलाई ३१ किलोको लड्डु अर्पण गर्नुभएको हो । लड्डु हनुमानको प्रिय भोजन भएकाले घिउमा निर्माण गरे अर्पण गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । प्रत्येक वर...

नारायणी नदीमा डुवेर गैँडाकोटमा एकैघरका दिदीभाइ बेपत्ता

नारायणी नदीमा डुवेर गैँडाकोटमा एकैघरका दिदीभाइ बेपत्ता
गैँडाकोट- नारायणी नदीमा डुवेर एकैघरका दिदिभाई बेपत्ता भएका छन् । गैँडाकोट नगरपालिका वडा नं. १ कुमालटोल बस्दै आएका १३ बर्षिया दिक्षा सेर्पुजा र ९ वर्षका स्वपनील सेर्पुजा बृटिसक्याप स्थित नारायणी नदिमा डुवेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनार्एको छ । आज साँझ हजुरआमा सँगै बृटिसक्याम्प गएका उनिहरु हजुरआमाको चप्पल साँझ पौने ६ वजे नदीमा खसेपछि सोहि चप्पल समाउन भन्दै नदीमा पसेका थिए । गहिरो नारायणीमा पसेका उनिहरु दुवैजना बाहिर आउन सकेनन् । दिक्षा र स्वपनील स्थान...