गैँडाकोटको सरस्वती निकेतन स्कुल एनसीसी सिनियर डिभिजन कार्यक्रममा छनौट
गैँडाकोट- नवलपुरको गैँडाकोट–१ मा अवस्थित सरस्वती निकेतन ईङ्लिस बोर्डिङ सेकेन्डरी स्कुल रक्षा मन्त्रालय अन्तर्गतको श्री राष्ट्रिय सेवा दल (एनसीसी) सिनियर डिभिजन कार्यक्रममा छनौट भएको छ । असार दोस्रो सातादेखि नेपाली सेनाको टोलीले विद्यालयमै आएर कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूबाट छनौट प्रक्रिया सुरु गर्नेछ ।
छनौट हुने ३० जना विद्यार्थीहरूले यो कार्यक्रममा सहभागी हुने अवसर पाउने छन् । कार्यक्रम विद्यार्थीहरूको सर्वाङ्गिण विकासका लागि एउटा विशेष अवसरका रूपमा लिइएको छ ।क...


