×

नवलपुर विशेष

नवलपुरको हुप्सेकोटका ५६ बालिकालाई रु पाँच हजारसहितको बैंक खाता उपहार

नवलपुरको हुप्सेकोटका ५६ बालिकालाई रु पाँच हजारसहितको बैंक खाता उपहार
मध्यविन्दु - नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले ५६ जना बालिकाहरुलाई रु पाँच हजारसहितको बैंक खाता उपहार दिएको छ । ‘हाम्रो छोरीको सुनौलो भविष्य’ कार्यक्रममार्फत चालु आर्थिक वर्षमा गाउँपालिकाभित्र जन्मिएका ५६ जना छोरीहरूको बैंक खातामा उक्त रकम जम्मा गरिएको हो । हुप्सेकोट गाउँपालिकामा स्थायी बसोबास गरेका दम्पतीले छोरी जन्मिएर वडा कार्यालयमा जन्म दर्ता गराएपछि छोरीको नाममा खोलिने बैंक खातामा गाउँपालिकाले नगद उक्त रकम जम्मा गरिदिने गरेकोे हुप्सेकोट गाउँपालिका अ...

जन्मदिनमा लुम्बिनी केबलकारको टिकट निःशुल्क

जन्मदिनमा लुम्बिनी केबलकारको टिकट निःशुल्क
रूपन्देही । बुटवलको लुम्बिनी केबलकारले जन्मदिनमा केवलकार यात्रा गर्न चाहनेलाई दुईतर्फी टिकट निःशुल्क दिने भएको छ ।केबलकारको यात्रा प्रवर्द्धधनका लागि विभिन्न अफर र योजना ल्याउंदै आएको कम्पनीले यही बैशाख १५ गतेदेखि लागू हुने गरी नयाँ अफर ल्याएको हो । जन्मदिनको अवसरमा केबलकारमार्फत टप स्टेशनमा रहेको कामाख्या देवी मन्दिर दर्शन र आशिर्वाद ग्रहणका लागि सर्वसाधारणलाई सहज होस् भनेर यो अफर ल्याइएको कम्पनीका म्यानेजर प्रज्ज्वल घिमिरेले बताए । जन्मोत्सव मनाउन केबलकार जाने यात्रुह...

ब्रेक फेल भएको ट्रक होटलमा पस्दा दाउन्नेमा दुई वटा होटलमा क्षति

ब्रेक फेल भएको ट्रक होटलमा पस्दा दाउन्नेमा दुई वटा होटलमा क्षति
कावासोती । नवलपुरको दाउन्नेमा ब्रेक फेल भएर अनियन्त्रित भएको ट्रक होटलमा पस्दा दुईवटा होटलमा क्षती पुगेको छ ।नारायणगढ बाट बुटवल तर्फ जाँदै गरेको ना५ख ८६७१ नं.को मार्वल लोड ट्रकको ब्रेक फेल भए पछि अनियन्त्रित भएर धौलागिरी होटल एण्ड लजमा पस्दा उक्त होटलमा पुर्ण रुपमा क्षती भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी मधु नेपालले जानकारी दिए । डिएसपी नेपालका अनुसार ब्रेक फेल भए पछि अनियन्त्रित भएको ट्रक धौलागिरी होटलमा पसेको र धौलागिरी होटल सँगै रहेको स्थानीय पवन लम्सालले सन्च...

गैँडाकोटमा जिपको छतबाट खसेर एक युवक घाइते, अवस्था गम्भिर

गैँडाकोटमा जिपको छतबाट खसेर एक युवक घाइते, अवस्था गम्भिर
गैँडाकोट-  जिपको छतबाट खसेर गैँडाकोटमा एक युवक गम्भिर घाइते भएका छन् । गैँडाकोटको दमारबाट नवलपुरको बुलिङटार जाँदै गरेको लु १ ज ४८०४ नम्बरको जिपको छतबाट खसेर बुलिङटार गाउपालिका वडा नं. १ बस्ने २२ वर्षका मिनबहादुर रानाभाट गम्भिर घाइते भएका हुन् । आज दिउसो ३ वजे भएको दुर्घटनामा परि गम्भिर घाइते भएका रानभाटलाई चितवन मेडिकल कलेजमा उपचार गरि थप उपचारका लागि काठमान्डौ रिफर गरिएको छ । यो समाचार तयार पार्दासम्म रानाभाट बोल्न सक्ने अवस्थामा छैनन । दुर्घटना पश्चात जिप र त्यसका चालकला...

शिक्षकहरुलाई कालिगण्डकी गाउँपालिकाको अल्टिमेटम- १४ गतेसम्म विद्यालय नआए राजीनामा दिनू

शिक्षकहरुलाई कालिगण्डकी गाउँपालिकाको अल्टिमेटम- १४ गतेसम्म विद्यालय नआए राजीनामा दिनू
काठमाडौं । गुल्मीको कालिगण्डकी गाउँपालिकाले १४ गतेदेखि विद्यालय नआउने शिक्षकहरुले राजीनामा दिन निर्देशन दिएको छ । आन्दोलनरत शिक्षकहरुलाई विद्यालय फर्किन आग्रह गर्दै अटेर गरे राजीनामा दिन गाउँपालिकाले निर्देशन दिएको हो । शिक्षक महासंघको आव्हानमा भएको शिक्षक आन्दोलनले पालिकाभित्रका सबै विद्यालयहरुको अध्ययन अध्यापनमा समस्या परेकोले १४ गतेदेखि विद्यालय समयमा अनिवार्य रुपमा विद्यालयमा उपस्थित हुन नगरपालिकाले अनुरोध गरेको छ । नगरपालिकाले नियमित रुपमा पठनपाठन सञ्चालन गर्न सबै ...

पोखरामा बृहत् ट्याक्सी र्‍याली सम्पन्न, महायज्ञको सन्देश फैलियो

पोखरामा बृहत् ट्याक्सी र्‍याली सम्पन्न, महायज्ञको सन्देश फैलियो
पोखरा-मानवसेवा फाउण्डेशनको आयोजनामा आज बिहान पोखरामा बृहत् ट्याक्सी र्‍याली भव्य रूपमा सम्पन्न भएको छ। बैशाख १७ देखि जेठ २६ गतेसम्म सञ्चालन हुने ऐतिहासिक श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको प्रचार–प्रसार तथा धार्मिक र सामाजिक सद्भावको सन्देश फैलाउने उद्देश्यले आयोजित यो र्‍यालीमा सयौं ट्याक्सीहरू सहभागी भए। र्‍याली बिरौटास्थित कोटिहोम स्थलबाट बिहान ७ बजे सुरु भई ड्यामसाइड, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, मालेपाटन, बाग्लुङ बसपार्क, हरिचोक, बगर, पृथ्...

बाबुआमाले लछारपछार गर्दा नवलपुरमा ४ महिने शिशुको मृत्यु

बाबुआमाले लछारपछार गर्दा नवलपुरमा ४ महिने शिशुको मृत्यु
कावासोती । बाबुआमाले कुटापिट र लछारपछार गर्दा नवलपुरको बौदीकालीमा ४ महिने शिशुको मृत्यु भएको छ ।बौदिकाली-१ अर्मलेमा बाबू दिपेन्द्र परियार र आमा कमला परियारले गए राती मादक पदार्थ सेवन गरी चार महिने छोरा लाई लछारपछार गर्दा शिशु गम्भीर घाईते भएका थिए । गम्भीर घाइते शिशुको पाल्पाको रामपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मधु नेपालले बताए ।मादक पदार्थ सेवन गरेका बाबुआमाले शिशुलाई घरको बरन्डामा गम्भीर घाइते बनाई छाडेर भागेका थिए । घाईते अवस...

राष्ट्रिय युवासंघ नेपाल नवलपुरको अध्यक्षमा रमेश ढकाल निर्वाचित

राष्ट्रिय युवासंघ नेपाल नवलपुरको अध्यक्षमा रमेश ढकाल निर्वाचित
गैँडाकोट - नेकपा एमालेको युवासंगठन राष्ट्रिय युवासंघ नेपाल नवलपुरको अध्यक्षमा रमेश ढकाल निर्वाचित भएका छन् । सदरमुकाम कावासोतीमा आज भएको १० औँ जिल्ला अधिवेशनको बन्दसत्रले ढकाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । गत माघ २० गते गैँडाकोटको श्रीराम पार्टी प्यालेसमा अधिवेशनको उद्घाटनशत्र चलिरहदा संघका तत्कालिन जिल्ला उपसचिव तवारक मियाको हृदयघातका कारण निधन भएपछि रोकिएको अधिवेशनको बन्दसत्र आज भएको हो । संघको जिल्ला उपाध्यक्षमा देव गाहा (मगर) सचिवमा ढुण्डीराज केसी, कोषाध्यक्...

यातायात कार्यालय नवलपुरद्वारा नौ महिनामा २३ करोड बढी राजस्व सङ्कलन

यातायात कार्यालय नवलपुरद्वारा नौ महिनामा २३ करोड बढी राजस्व सङ्कलन
मध्यविन्दु-यातायात व्यवस्था कार्यालय नवलपरासी (सुस्तापूर्व) ले चालु आर्थिक वर्षको नौ महिनामा रु २३ करोड ५४ लाख ३० हजार ९८० राजस्व सङ्कलन गरेको छ । चालु आवको साउनदेखि चैत मसान्तसम्म सवारीसाधन कर, चालक अनुमतिपत्र, सवारी दर्तालगायत विभिन्न शीर्षकमा सो राजस्व सङ्कलन भएको कार्यालय प्रमुख सुरेश जैसवालले बताउनुभयो । “यो अवधिमा सवारीसाधन कर सङ्कलनबापत रु १९ करोड १२ लाख ३६ हजार ८२०, सवारी चालक अनुमतिपत्र एवं सवारी दर्ता किताबबापत रु चार करोड नौ लाख ५४ हजार ६५५, यातायात क्षेत्रको आम...