“पहिलो पटक जग्गाको मालिक : भूमिहीनको सपना पुरा, पञ्चैबाजा बजाएर खुसी साटासाट”
नवलपरासी । नवलपुरको कावासोती नगरपालिकामा भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गरिएको छ । बुधबार यहाँको वडा नं ४ का २५ परिवारलाई लालपुर्जा वितरण गरिएको हो ।
वर्षौँदेखि बसोबास गर्दै आएको जग्गाको लालपुर्जा आफ्नो नाममा प्राप्त भएपछि धेरै खुसी लागेको स्थानीय अमृत विकले बताए । “हजुरबुबाका पालादेखि बस्दै आएको जमिन आफ्नो नाममा थिएन, पहिलो पटक जमिनको मालिक हुँदा धेरै खुसी लागेको छ”, उनले भने, “आफू बसेको जमिनसमेत आफ्नो नाममा नहुँदा धेरै पीर लाग्ने रहेछ, अब त्यो पीर ह...


