
नवलपुर – हालको अत्यधिक गर्मीको कारण विद्यार्थीहरूको पठन-पाठन प्रभावित भएको भन्दै गैंडाकोट नगरपालिकाले सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूमा तीन दिनको लागि विदा घोषणा गरेको छ।
नगर प्रमुख मर्दनभक्त अधिकारीद्वारा जारी सूचनामा भनिएको छ – २०७९ मा तयार गरिएको शैक्षिक क्यालेन्डर-२०८२ अनुसार पाँच दिनसम्मको गर्मी विदा दिन सकिने प्रावधान रहेकाले सोही व्यवस्था अन्तर्गत मिति २०८२ जेष्ठ २८ गतेदेखि ३० गतेसम्म (३ दिन) विद्यालयहरू बन्द गरिनेछ।
विद्यार्थीहरूमा गर्मीका कारण स्वास्थ्य तथा शैक्षिक समस्याहरू देखिन थालेपछि अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय जनप्रतिनिधिहरूबाट आएको सुझावको आधारमा यो निर्णय लिइएको हो।यद्यपि, नगरपालिकाले स्पष्ट पारेको छ कि उक्त अवधीमा विद्यालयहरू बन्द भए पनि शिक्षक तालिम नियमित रूपमा सञ्चालन हुनेछन्।
नगर प्रमुख अधिकारीले सबै विद्यालयहरूलाई यो निर्णय कार्यान्वयन गर्न आग्रह गर्दै गर्मीबाट सुरक्षा अपनाउन अभिभावकहरूलाई पनि अनुरोध गरेका छन्।