×

गैंडाकोट-गैडाकोट नगरपालिका वडा नं. ९ थुम्सिमा राजमार्गमा आज दिउसो भएको सवारी दुर्घटनामा दुईजना घाइते भएका छन्। बुटवलबाट नारायगढ तर्फ आउँदै गरेको बा २० च ५०७१ नं. कार र विपरित दिशाबाट गइरहेको बा.प्र. ०६-००२ प ४८५१ नं. मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक १८ वर्षीय कृशेष काफ्ले (देवचुली नगरपालिका वडा नं. ६ बस्ने) को टाउकोमा गम्भीर चोट लागेको छ भने मोटरसाइकलमा पछाडि सवार १८ वर्षीय सुजल कडरियाको (गैडाकोट नगरपालिका वडा नं. १० बस्ने) टाउकोमा मध्यम चोट लागेको छ। दुबै घाइतेलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएको छ।

कार र मोटरसाइकल दुबै नियन्त्रणमा राखिएको छ र थप अनुसन्धान भइरहेको छ।

 

 

 

तपाईको प्रतिक्रिया