अनुभवी शैक्षिक व्यक्तित्व पौडेल अक्सफोर्डका ‘भाइस प्रिन्सीपल’ नियुक्त
गैडाकोट- नवलपुरको गैडाकोट–२ मा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एन्ड म्यानेजमेन्टमा कृष्ण हरि पौडेल सहायक प्राचार्य (Vice Principal) पदमा नियुक्त भएका छन्। पौडेलको लामो शैक्षिक अनुभव, नेतृत्व क्षमता र कार्यकुशलताको उच्च मूल्यांकन गर्दै कलेज प्रशासनले उनलाई यो जिम्मेवारी दिएको हो।
कलेजका प्राचार्य इ. हरि भण्डारीले पौडेलको विद्वता र प्रशासनिक दक्षता कलेजका लागि उपयोगी हुने विश्वास व्यक्त गर्दै भने, “पौडेलज्यूले अक्सफोर्ड कलेजमा प्राध्यापकका रूपमा...


