×

गैडाकोट- नवलपुरको गैडाकोट–२ मा अवस्थित प्रतिष्ठित शैक्षिक संस्था अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ एन्ड म्यानेजमेन्टमा कृष्ण हरि पौडेल सहायक प्राचार्य (Vice Principal) पदमा नियुक्त भएका छन्। पौडेलको लामो शैक्षिक अनुभव, नेतृत्व क्षमता र कार्यकुशलताको उच्च मूल्यांकन गर्दै कलेज प्रशासनले उनलाई यो जिम्मेवारी दिएको हो।

कलेजका प्राचार्य इ. हरि भण्डारीले पौडेलको विद्वता र प्रशासनिक दक्षता कलेजका लागि उपयोगी हुने विश्वास व्यक्त गर्दै भने, “पौडेलज्यूले अक्सफोर्ड कलेजमा प्राध्यापकका रूपमा कार्य गरिसक्नुभएको अनुभव छ। उहाँप्रतिको सम्मानस्वरूप सहायक प्राचार्यको पद दिइएको हो।”

भरतपुर–११ निवासी पौडेल विगत केही वर्षदेखि  शिक्षाको क्षेत्रमा सक्रिय रहँदै आएका छन्। शिक्षण अनुभवका साथै संगठानिक व्यवस्थापनमा समेत उनको दखल रहेकाले कलेजको शैक्षिक गुणस्तरमा अझै गुणात्मक सुधार हुने अपेक्षा गरिएको छ।

नवनियुक्त सहायक प्राचार्य पौडेललाई कलेज परिवार, विद्यार्थी, सहकर्मी र शिक्षा क्षेत्रका व्यक्तित्वहरूले हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। आगामी दिनमा कलेजसँग सहकार्य गर्दै गुणस्तरीय, नवप्रवर्तनयुक्त र अभ्यासमुखी शिक्षाको विकासमा उहाँको महत्वपूर्ण भूमिका रहने विश्वास गरिएको छ।

तपाईको प्रतिक्रिया