गैंडाकोटमा जारी छात्रा फूटबल -विजय सामुदायिक र बालज्योति विजयी, दिउँसो दुई खेल हुँदै
गैंडाकोट- गैंडाकोटमा जारी सातौँ उपमेयर कप छात्रा फुटबल प्रतियोगिता अन्तर्गत आज बिहान सम्पन्न दुई खेलमा विजय सामुदायिक शिक्षा सदन र बालज्योति माध्यमिक विद्यालय विजयी भएका छन् ।
पहिलो खेलमा विजय सामुदायिक शिक्षा सदनले गैंडाकोट नमुना इङ्ग्लिस बोर्डिङ स्कुललाई एकतर्फी रूपमा ५–० गोलले पराजित ग¥यो । बलियो रणनीति र उत्कृष्ट समन्वयसहित खेलेको विजय सामुदायिकले विपक्षीलाई कुनै पनि अवसर दिन सकेन ।
त्यस्तै दोस्रो खेलमा जनक नमुना माध्यमिक विद्यालयलाई ४–२ को अन्तरले हराउँदै बालज्योत...


