स्कुलमै डिजिटल निर्वाचन, विद्यार्थीले चुने आफ्नो नेता
गैँडाकोट — गैँडाकोटस्थित विजय सामुदायिक शिक्षा सदनमा आइतबार डिजिटल प्रणालीमार्फत विद्यार्थी नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ।प्रविधिमैत्री अभ्यासको रूपमा विद्यालयले पहिलोपटक डिजिटल मतदान प्रणाली अपनाउँदै स्कुल तथा हाउस प्रतिनिधिहरू चयन गरेको हो।
डिजिटल मतदानमार्फत स्कुल क्याप्टेन पदमा सम्राट अर्याल १३० मत प्राप्त गर्दै विजयी हुनुभएको छ। त्यस्तै, स्कुल भाइस क्याप्टेनमा सुशील सापकोटा १४१ मतसहित विजयी बन्नुभयो।त्यस्तै, हाउस प्रतिनिधि पदमा अन्नपूर्ण हाउस क्याप्टेनमा दिप्स...


