×

नवलपुर विशेष

धान रोपेर मनाइने असार १५ : गैंडाकोटमा मेशिनबाट रोपाइँको नयाँ शुरुआत

धान रोपेर मनाइने असार १५ : गैंडाकोटमा मेशिनबाट रोपाइँको नयाँ शुरुआत
गैडाकोट –"धान बालीमा सघनता: खाद्यसुरक्षा र आत्मनिर्भरता" भन्ने नाराका साथ गैंडाकोट नगरपालिकामा भव्य रूपमा २२औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८२ मनाइँदैछ।नगर प्रमुख मदनभक्त अधिकारीको प्रमुख आतिथ्यतामा असार १५ गते बिहान ८:०० बजे, गैँडाकोट–११ स्थित देविथान मन्दिर परिसरमा कार्यक्रम हुने भएको हो। कार्यक्रमको मुख्य आकर्षण गण्डकी प्रदेशमै पहिलोपटक मेशिनको प्रयोगबाट गरिने धान रोपाइँ हुनेछ। साथै, पञ्चेबाजा, डोरी तान्ने, हिले दौड लगायतका परम्परागत खेलकुद र दही–चिउरा खाजाको व...

एसईई नतिजा प्रकाशनको अन्तिम तयारी, बोलाइयो बोर्ड बैठक

एसईई नतिजा प्रकाशनको अन्तिम तयारी, बोलाइयो बोर्ड बैठक
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।परीक्षा नियन्त्रक डा. गणेश भट्टराईले नतिजाको काम अन्तिम चरणमा पुगेको बताए । त्यसका लागि आज बोर्ड बैठक बस्ने तयारी गरिएको उनले जानकारी दिए । ‘नतिजाको अन्तिम चरणमा छौँ । तर प्रकाशित गर्ने निर्णय भइसकेको छैन । त्यसका लागि बोर्डको बैठकबाट निर्णय गर्नुपर्छ,’ उनले भने, ‘सम्भवतः बोर्डको बैठक आज बस्छ ।’सदस्य सचिव जंगबहादुर अर्यालले पनि नतिजाको विषयमा छलफल गर्न परीक्षा बोर्डको बैठक आज बस्न...

बजेटबारे जनताको चासोप्रति गम्भीर छु : मेयर भिमलाल अधिकारी

बजेटबारे जनताको चासोप्रति गम्भीर छु : मेयर भिमलाल अधिकारी
गैँडाकोट- मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि विनियोजित बजेटप्रति विभिन्न पक्षबाट आएका प्रतिक्रिया र सुझावप्रति सम्मान व्यक्त गरेका छन्।सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा व्यक्त गर्दै मेयर अधिकारीले सानो बजेट भए पनि सरोकारवालाको अपेक्षा ठूलो रहेको स्वीकार्दै प्राप्त प्रतिक्रियालाई सकारात्मक रूपमा लिएको जनाएका छन्। “अरुको अयोग्यताबाट प्रभावित हुनु आफ्नै अयोग्यता हो भन्ने कुरा मैले राम्रोसँग बुझेको छु,” मेयर अधिकारीले लेखेका छ...

गैँडाकोटसहित नवलपुरमा बिना दर्ता सय बढी कन्सलटेन्सी, प्रशासनको निगरानी कडाइ

गैँडाकोटसहित नवलपुरमा बिना दर्ता सय बढी कन्सलटेन्सी, प्रशासनको निगरानी कडाइ
गैडाकोट–नवलपरासी (बर्दघाट सुस्तापूर्व) क्षेत्रका अधिकांश शैक्षिक परामर्शदाता संस्था (कन्सलटेन्सी) दर्ता विना सञ्चालनमा रहेको खुलेको छ। जिल्ला सदरमुकाम कावासोती, मध्यविन्दु, देवचुली र गैडाकोट क्षेत्रमा सयभन्दा बढी कन्सलटेन्सी सञ्चालनमा छन्। तर तीमध्ये धेरैजसोले आवश्यक कानुनी प्रक्रिया पूरा नगरी व्यवसाय गरिरहेको पाइएको छ। गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय र जिल्ला प्रशासन कार्यालयले कडाइ गर्न थालेका छन्। मन्त्रालयले दर्ताका लागि सूचना जारी गरिसकेको छ भने प्रशासन कार्यालय...

गभर्नर पौडेलसँग करिब २३ करोड सम्पत्ति, गैंडाकोटमा ६० लाखको घर

गभर्नर पौडेलसँग करिब २३ करोड सम्पत्ति, गैंडाकोटमा ६० लाखको  घर
काठमाडौं - गभर्नर डा. विश्वनाथ पौडेलसँग करिब २३ करोड सम्पत्ति रहेको छ।गभर्नर नियुक्त भएपछि सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था अनुसार केही दिनअघि उनले यस्तो सम्पत्ति विवरण नेपाल राष्ट्र बैंकमा बुझाएका हुन्। उनीसँग दुई स्थानमा घरजग्गा रहेको छ। दुवै स्थानको जग्गा श्रीमती प्रतिभाको नाममा छ। ललितपुरमा श्रीमती प्रतिभाको नाममा ५ आना २ दामको जग्गामा २७९५ वर्गफिटको घर छ।पैतृक सम्पत्ति र स्वआर्जनबाट उनले १ करोड ५५ लाख रूपैयाँमा यो घरजग्गाको किनेको उल्लेख गरेका छन्। नवलप...

नवलपुर डिभिजन वनद्वारा एक लाखभन्दा बढी बिरुवा वितरण सुरु

नवलपुर डिभिजन वनद्वारा एक लाखभन्दा बढी बिरुवा वितरण सुरु
डिभिजन वन कार्यालय नवलपुरले आजदेखि विभिन्न प्रजातिका बिरुवा वितरण सुरु गरेको छ । डिभिजन वन कार्यालय नवलपुरको कावासोतीस्थित नर्सरीमा निःशुल्क वितरण सुरु गरेको हो ।डिभिजन वन कार्यालय नवलपुरले वार्षिक स्वीकृत कार्यक्रमअनुसार उत्पादन गरेको बिरुवा वितरण सुरु गरेको कार्यालयका सूचना अधिकारी वन अधिकृत शिशिर लम्सालले जानकारी दिनुभयो । “जिल्ला वन पैदावार आपूर्ति समिति, गण्डकी प्रदेश सरकारको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत, जडीबुटी विकास कार्यक्रम र बहुवर्षीय बिरुवा उत्पादन गरी चार...

अक्सफोर्डका संजितले पोखरा विश्वविद्यालय टप गरे, एमएसइ स्ट्रक्चरलमा ३.९३ जीपीए

अक्सफोर्डका संजितले पोखरा विश्वविद्यालय टप गरे, एमएसइ स्ट्रक्चरलमा ३.९३ जीपीए
नवलपुर — पोखरा विश्वविद्यालयअन्तर्गत सञ्चालित एमएसइ इन स्ट्रक्चरल इन्जिनियरिङ कार्यक्रमको पहिलो सेमेस्टरमा अक्सफोर्ड कलेजका विद्यार्थी संजित पौडेलले पोखरा विश्वविद्यालय टप गर्नुभएको छ। उहाँले ३.९३ जीपीए हासिल गर्नुभएको हो। गत वर्षदेखि सुरु गरिएको यो कार्यक्रम अन्तर्गत सञ्चालित पहिलो शैक्षिक सत्रको परीक्षा गत चैत्रमा सम्पन्न भएको थियो भने परीक्षाफल हालै सार्वजनिक गरिएको हो। अक्सफोर्ड कलेजबाट एमएसइ इन स्ट्रक्चरल इन्जिनियरिङ अध्ययनरत विद्यार्थी संजित पौडेल विश्वविद्यालयमा नै ...

५५ करोडको बजेटमार्फत हुप्सेकोटको ‘हिल स्टेसन’ र ‘निरोगी अभियान’ अघि बढ्दै

५५ करोडको बजेटमार्फत हुप्सेकोटको ‘हिल स्टेसन’ र ‘निरोगी अभियान’ अघि बढ्दै
कावासोती — नवलपुरको हुप्सेकोट गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ५५ करोड १० लाख ८० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १७ औं गाउँसभाको दोस्रो बैठकमा उपाध्यक्ष पूर्णसिंह राना मगरले आगामी वर्षको बजेट प्रस्तुत गर्दै समावेशी, सन्तुलित र उत्पादनमुखी आर्थिक ढाँचामार्फत “सुन्दर, सुखी र उद्यमी हुप्सेकोट” अभियानलाई सार्थकता दिने लक्ष्य लिएको जानकारी दिए। प्रस्तुत बजेटमा सामाजिक विकासलाई सबैभन्दा बढी प्राथमिकता दिइएको छ। सामाजिक क्षेत्रमा २६ करोड ८ लाख १४ हजा...

अमेरिकाको भ्रमणमा व्यस्त शिरिष पन्त, चितवनको व्यवसायिक सम्बन्ध विस्तार गर्दै

अमेरिकाको भ्रमणमा व्यस्त शिरिष पन्त, चितवनको व्यवसायिक सम्बन्ध विस्तार गर्दै
न्युयोर्क-  चितवनका युवा व्यवसायी तथा तत्कालीन उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष शिरिष पन्तले अमेरिका भ्रमणको क्रममा कोर्निङ क्षेत्रीय उद्योग वाणिज्य संघ र टोम्प्किन्स काउन्टी उद्योग वाणिज्य संघ का अध्यक्षहरूसँग औपचारिक भेटघाट तथा व्यवसायिक अन्तरक्रिया गरेका छन्। भेटमा चितवन र अमेरिकाका वाणिज्य संघबीच आपसी सहकार्य विस्तार गर्दै अन्तर्राष्ट्रिय व्यवसाय प्रवर्द्धनका सम्भावनाहरूमा विशेष छलफल भएको थियो।उक्त भेटघाट र छलफलमा पन्तका जीवनसंगिनी प्रियांका घिमिरे तथा पेट तथा कलेजो ...