×

नवलपुर विशेष

गैंडाकोटमा रेबिजका कारण ३३ वर्षीय पुरुषको मृत्यु

गैंडाकोटमा रेबिजका कारण ३३ वर्षीय पुरुषको मृत्यु
गैंडाकोट -नवलपुरको गैँडाकोटमा रेबिजका कारण एक पुरुषको मृत्यु भएको छ । गैंडाकोट नगरपालिका–१३ का ३३ वर्षीय एक पुरुषको रेबिजका कारण शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । स्वास्थ्य कार्यालय नवलपुरका ल्याब टेक्नीशियन डिल्लीराम तिवारीका अनुसार, ती पुरुषलाई करिब ६ महिना अघि कुकुरले टोकेको थियो । रेबिज संक्रमणको जोखिमलाई कम गर्न चिकित्सकीय सल्लाहअनुसार तीनवटा खोप लगाउनु पर्नेमा उनले केवल एक मात्र खोप लगाएका थिए । रेबिज एक घातक भाइरसजन...

मनकामना दर्शन आएका भारतीय तीर्थयात्रीको शौचालयमा मृत्यु

मनकामना दर्शन आएका भारतीय तीर्थयात्रीको शौचालयमा मृत्यु
चितवन-  मनकामना मन्दिर दर्शनका लागि आएका एक भारतीय तीर्थयात्रीको शौचालयभित्र बेहोस अवस्थामा फेला परेपछि उपचारका क्रममा मृत्यु भएको छ।भारतको गुजरात राज्य, पालनपुर जिल्ला निवासी ६२ वर्षीय मन्नु प्रसाद भट्ट आज बिहान करिब ८:३० बजे मनकामना केवलकार क्षेत्रको शौचालयभित्र लडेको अवस्थामा अचेत फेला परेका थिए। उनलाई आफन्तहरूले तुरुन्तै इच्छाकामना आधारभूत अस्पताल, कुरिनटारमा पुर्‍याएका थिए। तर, बिहान ९:४४ बजे डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रह...

खुसी कक्षा अभियान- मध्यबिन्दुमा १४ विद्यालयका शिक्षकबीच सिकाइ आदानप्रदान

खुसी कक्षा अभियान- मध्यबिन्दुमा १४ विद्यालयका शिक्षकबीच सिकाइ आदानप्रदान
नवलपुर- “नयाँ विषयवस्तु, नयाँ तरिका - हाम्रो खुसी कक्षा” भन्ने मुल नाराका साथ बालबालिकाको सिकाइमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले मध्यबिन्दु नगरपालिकामा अन्तर विद्यालय सिकाइ आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाको आयोजनामा तथा हरिहर मन्दिर आधारभूत विद्यालय, आरुङ्गखोलाको संयोजनमा आयोजित कार्यक्रममा वडा नं ११ र १५ का १४ वटा विद्यालयका SHRT  र CHT  हरुको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नगर प्रमुख भिमलाल अधिकारी तथा अध्यक्षता विद्य...

धार्मिक पर्यटनको उडान: मौलाकालिका मन्दिरमा केबलकारको चमत्कार

धार्मिक पर्यटनको उडान: मौलाकालिका मन्दिरमा केबलकारको चमत्कार
गैंडाकोट - पूर्वी नवलपरासीस्थित प्रसिद्ध धार्मिकस्थल मौलाकालिका मन्दिरमा भक्तजनको चाप पछिल्लो समय तीव्र रूपमा बढेको छ। यसको प्रमुख कारण बनेको छ—२०८० सालमा सुरु गरिएको मौलाकाली केबलकार । आधुनिक सुविधाले धार्मिकस्थलमा पुग्ने पहुँच सहज बनाएपछि मन्दिरमा आउने भक्तजनको संख्या करिब ३० प्रतिशतले वृद्धि भएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शालिग्राम सापकोटाका अनुसार, पैदल तथा सडकमार्ग भएर पनि मन्दिर पुग्न सकिन्छ, तर पछिल्लो दुई वर्षमा झन्डै ५ लाखभन्दा बढी भक्तजन केबलकारमार्फत...

गैडाकोटमा सम्पन्न सातौ उपमेयर कपको उपाधि रत्नराज्य लक्ष्मी माबिले जित्यो

गैडाकोटमा सम्पन्न सातौ उपमेयर कपको उपाधि रत्नराज्य लक्ष्मी माबिले जित्यो
गैडाकोट । गैडाकोटमा सम्पन्न सातौ उपमेयर कप अन्तर विद्यालय छात्रा फुटबल प्रतियोगिताको उपाधि रत्नराज्य लक्ष्मी माबिले जितको छ ।गैडाकोट नगरपालिका नगर खेलकुद विकास समितिकोे आयोजनामा गैडाकोट नगरपालिका वडा नं ११ भेडावारि खेलमैदानमा भएको फाईनल खेलमा अमरज्योति माबिलाई १ गोल गदै रत्नराज्य लक्ष्मी माबि बिजयी भएको छ । रत्नराज्य लक्ष्मी माबिको तर्फ बाट अप्सरा भुजेलले १ गोल गदै आफ्नो टिमलाई बिजयी गराएकी हुन् । खेलको प्लेयर अफ दि म्याच रत्नराज्य लक्ष्मी माबिकी अप्सरा भुजेल भएकी छन् ।उपा...

गैँडाकोटमा बस र माइक्रो ठोक्किँदा ९ जना घाइते

गैँडाकोटमा बस र माइक्रो ठोक्किँदा ९ जना घाइते
गैँडाकोट । नवलपुरको गैँडाकोटमा बस र माइक्रोबस एकआपसमा ठोक्किँदा नौ जना यात्रु घाइते भएका छन् ।पूर्व–पश्चिम राजमार्गअन्तर्गत गैँडाकोट नगरपालिका–९ थुम्सीमा दिउँसो करिब २ः४५ बजेको समयमा काठमाडौँबाट भैरहवातर्फ गइरहेको लु २ ख ६६७२ नम्बरको यात्रुबाहक बस र बुटवलबाट नारायणगढतर्फ आइरहेको लु २ ख ६९८५ नम्बरको माइक्रोबस ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । दुर्घटनामा माइक्रोबसमा सवार ९ जना यात्रु घाइते भएका छन् भने बसमा रहेका यात्रुहरू भने सकुशल रहेको प्र...

गैँडाकोट नगरपालिका वडा नं १८द्धारा टोल-टोलमा योजना छनोट सुरु

गैँडाकोट नगरपालिका वडा नं १८द्धारा टोल-टोलमा योजना छनोट सुरु
गैँडाकोट-  गैँडाकोटनगरपालिकाका १८ नं. वडाले आज देखी योजना छनोटका लागि टोल भेला सुरु गरेको छ ।  आर्थिक बर्ष २०८२/८३ का लागि बार्षिक निति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने उद्देश्य अनुरुप वडामा टोल भेला आजबाट सुरु गरिएको हो ।वडा कार्यालयले एक सूचना जारी गर्दै यहि बैशाख ३० गतेको वडा समितिको बैठकले बस्ती तथा टोल भेला गर्ने निर्णय गरेको जनाएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार बैशाख मसान्त सम्म बस्ती तथा टोल स्तरबाट र त्यसपछि वडाहरुबाट आयोजना र कार्यक्रमको छनौट गर्नुपर्न...

गैँडाकोट नगरको कृषि क्षेत्रमा नयाँ गति : ५०% अनुदानमा बिउ वितरण

गैँडाकोट नगरको कृषि क्षेत्रमा नयाँ गति : ५०% अनुदानमा बिउ वितरण
गैँडाकोट - नवलपुरको गैँडाकोट नगरपालिकाले नगर भित्रका कृषकहरूको उत्पादन क्षमता वृद्धि गर्ने उद्देश्यसाथ ५० प्रतिशत अनुदानमा २८,००० किलो उन्नत जातको धानको बिउ वितरण गरेको छ । नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रमअनुसार ९ लाख रुपैयाँ बजेट विनियोजन गरी यो कार्यक्रम कार्यान्वयन गरिएको हो । नगर क्षेत्रका ४२ वटा कृषक समूहलाई सावा, रामधान, साबित्री, राधा–४, हर्दिनाथ–१, हर्दिनाथ–६ लगायतका उन्नत जातका धानको बिउ वितरण गरिएको नगरपालिकाका कृषि अधिकृत राजुप्रसाद शर्माले बताउनुभयो ।उहाँल...

गैंडाकोट नगरपालिकाद्वारा लोगो डिजाइन आह्वान, उत्कृष्टलाई सम्मानपत्र र नगद पुरस्कार

गैंडाकोट नगरपालिकाद्वारा लोगो डिजाइन आह्वान, उत्कृष्टलाई सम्मानपत्र र नगद पुरस्कार
गैंडाकोट- नवलपुरको गैंडाकोट नगरपालिकाले नगरको विशिष्ट पहिचान झल्किने प्रतीक चिन्ह (लोगो) निर्माणका लागि सिर्जनशील तथा इच्छुक व्यक्तिहरूलाई प्रस्ताव पेश गर्न सार्वजनिक आह्वान गरेको छ । नगर कार्यपालिकाको २०८२ साल वैशाख ३० गतेको निर्णयअनुसार यो सूचना पहिलो पटक आज प्रकाशित गरिएको हो । प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालद्वारा जारी सूचनामा लोगोले गैंडाकोट नगरपालिकाको ऐतिहासिक, सामाजिक, साँस्कृतिक, धार्मिक, पर्यटकीय तथा भौगोलिक विशेषता झल्काउनु पर्नेछ । लोगोमा नेपाल राष्ट्रको ...