रास्वपाद्धारा गैँडाकोटको भृकुटीचोकमा हस्ताक्षर कार्यक्रम सम्पन्न, ५०० जनाको सहभागिता
गैँडाकोट- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गैँडाकोट वडा नम्बर २ ले सभापति रवि लामिछानेमाथि भइरहेको राजनैतिक प्रतिशोधको विरोधमा हस्ताक्षर अभियान सञ्चालन गरेको छ । भृकुटीचोकमा आयोजना गरिएको सो कार्यक्रम आज सम्पन्न भएको हो।
कार्यक्रम वडा सभापति शिव लम्सालको अध्यक्षतामा सम्पन्न भएको थियो भने जिल्ला सभापति नरिश्वर लामिछाने प्रमुख अतिथि र नगर सभापति विमल घिमिरे विशेष अतिथि रहनु भएको थियो। कार्यक्रममा ५०० जनाले सहभागिता जनाउँदै हस्ताक्षर गरेका छन्।
कार्यक्रममा बोल्दै जिल्ला सभ...


