×

नवलपुर विशेष

गैंडाकोट नगरको प्रेरणादायी पहल – विशेष बालबालिकालाई शैक्षिक सामग्री सहयोग

गैंडाकोट नगरको प्रेरणादायी पहल –  विशेष बालबालिकालाई शैक्षिक सामग्री सहयोग
गैंडाकोट - गैंडाकोट नगरपालिकाले सामाजिक समावेशिता र शैक्षिक पहुँचलाई प्राथमिकतामा राख्दै सामुदायिक विद्यालयमा अध्ययनरत अपाङ्गता भएका तथा विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । शुक्रबार नगरपालिकाको परिसरमा आयोजित एक विशेष कार्यक्रममार्फत २२ वटा सामुदायिक विद्यालयका ६३ जना बालबालिकालाई कपी, कलम, विद्यालय पोशाक लगायतका सामग्री वितरण गरिएको हो । कार्यक्रमको उद्देश्य बालबालिकाको मनोबल अभिवृद्धि गर्दै शिक्षामा थप प्रोत्साहन दिनु रहेको थियो । कार्यक्रमका ...

सुनवलमा कोदालोले हानेर आफ्नै बुवाको विभत्स हत्या, छुट्याउन आएकी छिमेकीको पनि प्राण लिए

सुनवलमा कोदालोले हानेर आफ्नै बुवाको विभत्स हत्या, छुट्याउन आएकी छिमेकीको पनि प्राण लिए
रुपन्देही -पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं २ अमरैयामा २५ वर्षीय एक युवाले आफ्नै बुबालाई कोदालो प्रहार गरी हत्या गरेका छन् । बुवाको उद्धारको लागि आएका छिमेकीलाई समेत उनले सोही कोदालेले हानेर मारे । २५ वर्षीय हेमराज थारुले शुक्रवार बिहान करिब १०ः३० बजे ५० वर्षीय बुबा जयराम थारु र छिमेकी ७० वर्षीय नाथु धरिकारको हत्या गरेका हुन् । एउटै कोदालोले हानेर दुवैको हत्या गरेको सो वडाका वडा सदस्य विकास क्षेत्रीले बताए ।घटनास्थलमै दुवैको ज्यान गएको प्रहरीले जनाएको छ।‘म त घटनास्...

गैँडाकोटबाट ३० लाख ठगी गरेर फरार भएका दुई जना पक्राउ

गैँडाकोटबाट ३० लाख ठगी गरेर फरार भएका दुई जना पक्राउ
गैँडाकोट- नवलपुरको गैंडाकोटबाट ३० लाख ठगी गरेर फरार भएका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । गैँडाकोट नगरपालिका वडा नं ३ ढोडेनीमा गत चैत ८ गते अमेरिकी डलर सटही गर्ने भन्दै झुक्काएर ३० लाख ठगेर फरार भएका दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी मधु नेपालले जानकारी दिए । पक्राउ पर्नेहरुमा भक्तपुरको चागुनारायण नगरपालिका वडा नं ३ का ताराबहादुर तामाङ र बाह्रविषे नगरपालिका वडा नं ३ का गौतम डुम्जुङ रहेका डिएसपी नेपालले जानकारी दिए । पक्राउ परेकाहरुलाई ठगी...

गैँडाकोटको सरस्वती निकेतन स्कुल एनसीसी सिनियर डिभिजन कार्यक्रममा छनौट

गैँडाकोटको सरस्वती निकेतन स्कुल एनसीसी सिनियर डिभिजन कार्यक्रममा छनौट
गैँडाकोट- नवलपुरको गैँडाकोट–१ मा अवस्थित सरस्वती निकेतन ईङ्लिस बोर्डिङ सेकेन्डरी स्कुल रक्षा मन्त्रालय अन्तर्गतको श्री राष्ट्रिय सेवा दल (एनसीसी) सिनियर डिभिजन कार्यक्रममा छनौट भएको छ । असार दोस्रो सातादेखि नेपाली सेनाको टोलीले विद्यालयमै आएर कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूबाट छनौट प्रक्रिया सुरु गर्नेछ । छनौट हुने ३० जना विद्यार्थीहरूले यो कार्यक्रममा सहभागी हुने अवसर पाउने छन् । कार्यक्रम विद्यार्थीहरूको सर्वाङ्गिण विकासका लागि एउटा विशेष अवसरका रूपमा लिइएको छ ।क...

समाजका स्तम्भलाई सम्मान – गैँडाकोटमा जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण र औषधी वितरण

समाजका स्तम्भलाई सम्मान – गैँडाकोटमा जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण र औषधी वितरण
गैँडाकोट - गैँडाकोट नगरपालिका–२ मा जेष्ठ नागरिकहरुको स्वास्थ्य प्रवर्धनका लागि विशेष कार्यक्रम सम्पन्न भएको छ । गैँडाकोट नगरपालिका आयुर्वेद शाखाको आयोजनामा सम्पन्न कार्यक्रम अन्तर्गत १८१ जना जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा आयुर्वेदिक औषधी वितरण गरिएको हो । आयुर्वेद औषधालय प्रमुख वरिष्ठ कविराज निरीक्षक विष्णु प्रसाद पौडेलले जेष्ठ नागरिकहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै नियमित जाँच तथा औषधी उपलब्ध गराउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो...

यातायात व्यवसायीहरूको बन्दले चितवन र नवलपुरको जनजीवन प्रभावित

यातायात व्यवसायीहरूको बन्दले चितवन र नवलपुरको जनजीवन प्रभावित
गैँडाकोट । यातायात व्यवसायीहरूले आह्वान गरेको बन्दले सोमबार बिहानदेखि चितवन र नवलपुरको जनजीवन प्रभावित बनेको छ । सवारी साधनको अभावले यात्रुहरू बीच बाटोमै अलपत्र परिरहेका छन् भने बजार र व्यावसायिक गतिविधिमा समेत असर देखिएको छ । साना तथा ठूला सबै प्रकारका सार्वजनिक बसहरू बन्दका कारण सडकमा देखिएको छैनन् । विहानैदेखि कार्यालय, विद्यालय तथा अन्य दैनिक कार्यमा जाने सर्वसाधारण यात्रुहरू गाडीको प्रतीक्षामा बाटो छेउमै उभिएका छन् । चितवन प्रहरीका अनुसार सधैं भीडभाड रहने पुलचोक, ल...

गैँडाकोट माईक्रो दुर्घटना (घाइतेहरुको नामावली सबै)

गैँडाकोट माईक्रो दुर्घटना (घाइतेहरुको नामावली सबै)
गैँडाकोट । नवलपरासी (पूर्व)को गैडाकोट नगरपालिका–५,स्थित राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । दाङबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ५०५० नम्बरको हाईस गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । दुर्घटनामा घाइते भएका मध्ये पाँच जनालाई थप उपचारको लागि चितवनस्थित पुरानो मेडिकल कलेज पठाइएको छ भने दुई जनाको स्थानीय गैडाकोट सामुदायिक मेडिकलमा उपचार भइरहेको नवलपुरका प्रहरी नायव उपरिक्षक मधु नेपालले बताउनुभयो । पुरानो मेडिकल कलेज, भरत...

विनयी खोलाको बाढीले नारायणगढ–बुटवल सडक अवरुद्ध

विनयी खोलाको बाढीले नारायणगढ–बुटवल सडक अवरुद्ध
गैँडाकोट - नवलपुर जिल्लाको विनयीत्रिवेणी गाउँपालिका–२ स्थित विनयी खोलामा बाढी आएपछि नारायणगढ–बुटवल सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ । शुक्रबार बिहान करिब सवा ६ बजेबाट खोलामा रहेको अस्थायी डाइभर्सनमाथिबाट बाढी बग्न थालेपछि सवारी आवागमन दुईतर्फी रुपमा बन्द भएको हो । सडक बन्द भएपछि यात्रु बोकेका गाडीहरू बीच बाटोमै रोकिएका छन् । लामो तथा छोटो दूरीका सयौं सवारी साधनहरू ठप्प हुँदा यात्रुहरू अलपत्र परेका छन् ।“विनयी खोलाको बहाव उच्च भएकाले डाइभर्सनमाथिबाटै पानी बग्न थालेको छ । ...

गैँडाकोट–१८ मा खानेपानी आयोजना उद्घाटन, स्थानीयको दीर्घकालीन प्यास मेटिने आशा

गैँडाकोट–१८ मा खानेपानी आयोजना उद्घाटन, स्थानीयको दीर्घकालीन प्यास मेटिने आशा
गैँडाकोट ।नवलपुरको गैँडाकोट नगरपालिका–१८ स्थित बसेनीमा निर्माण सम्पन्न भएको बसेनी लिफ्टिङ खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन बुधबार सम्पन्न भएको छ । गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले आयोजनाको उद्घाटन गर्नुभयो । गण्डकी प्रदेश सरकारको ५८ लाख र गैँडाकोट नगरपालिकाको २७ लाख, गरी कुल ८५ लाख रुपैयाँको लागतमा सम्पन्न भएको  आयोजनाबाट करिब १०० घरधुरी लाभान्वित हुने बताइएको छ। मेयर अधिकारीले उद्घाटन समारोहमा बोल्दै भन्नुभयो, “यो आयोजना गैँडाकोट–१८ का बासिन्दाहरूको दीर्...