नवलपुरमा ९० वर्षीय पतिको क्रूरता: फलामको रड प्रहार गरी श्रीमतीको हत्या
नवलपुर — देवचुली नगरपालिका वडा नं ३ आम्बासमा एक दिल दहला हुने घटना घटेको छ। ९० वर्षका दिलबहादुर थापाले आफ्नै ७६ वर्षीया श्रीमती जमुना थापाको फलामको रड प्रहार गरी हत्या गरेका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार घटना हिजो राति ९:२० बजे भएको हो। टाउकोमा रडले प्रहार गर्दा जमुना थापाको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।
प्रहरीले दिलबहादुर थापालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालेको जनाएको छ।थापा आफ्नी श्रीमती, छोरा र बुहारीसँगै बस्दै आएका थिए। घटनाको कारण भने हालसम्...


