अक्सफोर्ड कलेजद्वारा गैँडाकोट प्रहरीलाई बेड हस्तान्तरण
गैँडाकोट- सामाजिक उत्तरदायित्व अन्तर्गत अक्सफोर्ड कलेजले इलाका प्रहरी कार्यालय गैँडाकोटलाई ५० हजार मुल्य बराबरको फलामे बेड हस्तान्तरण गरेको छ। कलेजले प्रहरी कार्यालयमा कार्यरत सुरक्षाकर्मीहरूको भौतिक सुविधा वृद्धि तथा विश्राम व्यवस्थामा सहजता ल्याउने उद्देश्यले उक्त सहयोग गरेको हो।
आज एक समारोहका बीच कलेजका प्राचार्य इ. हरि भण्डारीले इलाका प्रहरी कार्यालय गैँडाकोटकी प्रहरी निरीक्षक कमला नरालालाई औपचारिक रूपमा फलामे बेडहरू हस्तान्तरण गर्नुभयो।
कार्यक्रममा कलेजका अध्यक्ष नार...


