×

चितवन — भरतपुर महानगरपालिका–१५ मंगलपुरमा चोरी गर्दै गरेको अवस्थामा दुई किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
२२ गते राति करिब २:३० बजे चोरी भइरहेको सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय फुलबारीबाट प्रहरी निरीक्षक लालबहादुर गुरुङको कमाण्डमा खटिएको टोलीले ती दुई जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा भरतपुर–१७ गोब्रेनी बस्ने १७ वर्षीय अर्जुन बिक र सोही ठाउँका १४ वर्षीय विनोद परियार रहेका छन्।
उनीहरुको साथबाट प्रहरीले तामाका कलस १० थान, चरेस राख्ने कलस २ थान, साइकल १ थान र फलामका रडका टुक्राहरु बरामद गरेको जानकारी दिएको छ।

घटनास्थल ईलाका प्रहरी कार्यालय फुलबारीबाट करिब २ किलोमिटर उत्तरतर्फ पर्छ। पक्राउ परेका किशोरहरुलाई आवश्यक अनुसन्धानका लागि ईप्रका फुलबारीमा राखिएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया