गैंडाकोट नगरको सामाजिक विकासमा विशेष लगानी, शिक्षा, स्वास्थ्य र खेलकुदलाई प्राथमिकता
गैंडाकोट - गैंडाकोट नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को बजेटमा सामाजिक विकासका विभिन्न क्षेत्रहरूमा विशेष प्राथमिकता दिएको छ। नगर उपप्रमुख शान्ति कोइरालाले नगरसभामा बजेट प्रस्तुत गर्दै स्वास्थ्य, शिक्षा, बाल अधिकार, जेष्ठ नागरिक तथा खेलकुद क्षेत्रलाई समेट्दै समावेशी र संवेदनशील समाज निर्माणतर्फ बजेट निर्देशित गरिएको बताउनुभयो।
स्वास्थ्य सेवालाई पहुँचयोग्य बनाउँदै‘
नगरपालिकाले नगर अस्पताल र आधारभूत अस्पतालमा सेवा सहज बनाउन आवश्यक बजेट विनियोजन गरेको छ। भरतपुर आँखा अस्पतालस...


