×

नवलपुर – नवलपुरको बौदीकाली गाउँपालिका–३, खैरेनीस्थित कालिगण्डकी करिडोर सडकखण्डमा बुधबार दिउँसो कार र बस ठोक्किँदा ४ जना घाइते भएका छन्। पल्पाबाट डेढगाउँतर्फ जाँदै गरेको ग २ च ९५४६ नम्बरको कार र गैडाकोटबाट पाल्पातर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०४३८ नम्बरको बस एकआपसमा ठोक्किएपछि दुर्घटना भएको हो।

दुर्घटनामा कारमा सवार रहेका तनहुँ, भीमाद नगरपालिका–६ का २३ वर्षीय चालक विवेक शाह, कारका मालिक ६८ वर्षीय पदमराज जोशी, ५८ वर्षीय जंगबहादुर राना र ब्यास नगरपालिका–५ का ४९ वर्षीय केशव रुचाल घाइते भएका छन्। चालक विवेक शाहको टाउको र दाहिने हातमा गम्भीर चोट लागेको छ भने कार मालिक पदमराज जोशीको काँधमा चोट लागेको छ। बाँकी दुई यात्रु रानाको सामान्य अवस्था रहेको र रुचाललाई बाहिरी चोट नलागेको प्रहरीले जनाएको छ। सबै घाइतेको अवस्था मध्यम रहेको र उनीहरूलाई रामपुर अस्पताल, पाल्पा लगिएको छ।

बसमा सवार यात्रुहरू सबै सकुशल रहेका छन्। दुर्घटनापछि यात्रुहरूलाई अर्को बसको व्यवस्था गरी गन्तव्यतर्फ पठाइएको छ।घटनापछि खटिएको ७ जनाको प्रहरी टोलीले कार, बस र बसका चालकलाई नियन्त्रणमा लिएको छ। बस चालक ३७ वर्षीय संजय प्रसाई, पाल्पा रम्बा गाउँपालिका–१ निवासी हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया