गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक
गैंडाकोट- त्रिभुवन विश्वविद्यालयले कडा कदम चालेको छ। विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले गैंडाकोटस्थित नागरिक कलेजसहित चार कलेजलाई फूड टेक्नोलोजी कार्यक्रममा विद्यार्थी भर्नामा तत्काल रोक लगाउने निर्णय गरेको छ।
यस वर्षको शैक्षिक सत्र २०८१/०८२ का लागि गरिएको प्रवेश परीक्षामा सहभागी नै नभएका विद्यार्थीलाई गैरकानुनी रूपमा भर्ना गरिएको पुष्टि भएपछि विश्वविद्यालयले यस्तो निर्णय लिएको हो। यसरी बिना मापदण्ड विद्यार्थी भर्ना गर्नु न केवल त्रिविको आचारसंहिता विपरीत ह...


