जनक माविबाट कक्षा १२ मा आमा–छोरा सँगै पास
गैंडाकोट नगरपालिकामा बसोबास गर्ने एक आमा र उनका छोराले एउटै समयमा कक्षा १२ को परीक्षा सफलतापूर्वक पास गर्दै एउटा अद्वितीय र प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन्।
गैंडाकोट४ की कल्पना भुषाल न्यौपाने र उनका छोरा दिपनराज न्यौपाने दुबै जना २०८१ सालको कक्षा १२ को परीक्षामा उत्तीर्ण भएका हुन्।दिपनराजले जनक नमुना माध्यमिक विद्यालय, गैंडाकोट–५ बाट विज्ञान संकायमा अध्ययन गर्दै परीक्षा दिएका थिए भने आमाले अनिवार्य नेपाली विषयमा परीक्षा दिएकी थिइन्।
कल्पना भुषालले २०५८ सालमा एसएलसी (ह...


