देवचुली- नवलपुर जिल्लाको देवचुली नगरपालिका–१ स्थित देवी गैरा सामुदायिक बन नजिकैको सडक छेउमा एक नवजात शिशु (छोरा) मृत अवस्थामा फेला परेका छन्।
आइतबारअपराह्न करिब ३:४० बजे तन्नामा पोको पारिएको अवस्थामा सालनालसहितको शिशु स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए। जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ।
शिशुलाई नियमत: जन्मेको केही समयमै त्यहाँ फालिएको अनुमान गरिएको छ। घटनाको कारण र दोषी पहिचानका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।यस प्रकारको घटनाले समाजमा बाल संरक्षणसम्बन्धी चेतनाको खाँचो देखिएको भन्दै स्थानीयवासीले दु:ख व्यक्त गरेका छन्।
दोषी पहिचान गरी आवश्यक कानुनी कारबाही अगाडि बढाइने प्रहरीले बताएको छ।



उज्यालो खबर




