एसइइ २०८१ मा सफलता हासिल गरेका विद्यार्थीहरूलाई सरस्वती निकेतनद्वारा सम्मान
गैँडाकोट — नवलपुरको गैँडाकोट–१, जौजुवामा अवस्थित सरस्वती निकेतन माध्यमिक विद्यालयद्वारा SEE २०८१ मा उल्लेखनीय सफलता प्राप्त गरेका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिन आयोजित सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमका सभापति विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोति चन्द्र चालिसे रहनु भएको थियो भने विशिष्ट अतिथिको रूपमा शिक्षक अभिभावक संघका अध्यक्ष कमलापति शर्मा उपस्थित हुनुहुन्थ्यो।
उक्त कार्यक्रममा संस्थाका संस्थापक प्राचार्य श्री भरत बाबु कंडेल, +2 संयोजक घ...


