नवलपुरको गैँडाकोट घर भएका सापकोटाले दिए NRNA-SA को कोषाध्यक्षमा उम्मेदवारी
एडिलेड –नवलपुरको गैँडाकोट नगरपालिकाका स्थायी बासिन्दा बसन्त सापकोटाले गैरआवासीय नेपाली संघ साउथ अष्ट्रेलिया (NRNA-SA) को आगामी कार्यकाल (२०२५–२०२७) का लागि कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। हाल अष्ट्रेलियाको एडिलेडमा बसोबास गर्दै आएका सापकोटा लामो समयदेखि नेपाली समुदायभित्र सामाजिक, सांस्कृतिक र संस्थागत गतिविधिमा सक्रिय रहेका छन्।
उम्मेदवारी घोषणा गर्दै सापकोटाले NRNA-SA लाई आर्थिक रूपमा अझ पारदर्शी, उत्तरदायी र समावेशी बनाउने अठोट व्यक्त गरेका छन्। उनले NRNA-SA ल...


