×

नवलपुर विशेष

गैँडाकोटका सुनचाँदी व्यवसायी आन्दोलित, व्यवसाय बन्द गर्ने निर्णय

गैँडाकोटका सुनचाँदी व्यवसायी आन्दोलित, व्यवसाय बन्द गर्ने निर्णय
गैँडाकोट-  गैँडाकोट सुनचाँदी व्यवसायी संघले आजदेखि सम्पूर्ण सुनचाँदी पसल तथा व्यवसाय बन्द गर्ने निर्णय गरेको छ। संघले आइतबार आयोजना गरेको भेलाको निर्णय अनुसार सरकारले सुनमा लगाएको २ प्रतिशत बिलासिताको कर  र हिरा तथा रत्नजडित गहनामा १३ प्रतिशत VAT (मूल्य अभिवृद्धि कर) लागू गरेपछि व्यवसायीहरू आन्दोलित भएका छन्। संघले विज्ञप्ति जारी गर्दै उक्त कर प्रणालीलाई अत्यावश्यक करको नाममा पूर्ण रूपमा खारेज गर्न सरकारलाई दबाब दिनुको लागि व्यवसाय बन्द गर्ने निर्णय गरिएको उल्लेख गरेको छ। स...

आजको मौसमः देशभर वर्षाको सम्भावना, केही भूभागमा ठूलो पानी पर्ने

आजको मौसमः देशभर वर्षाको सम्भावना, केही भूभागमा ठूलो पानी पर्ने
काठमाडौं- जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै मनसुनको न्यून चापीय रेखा पश्चिम र मध्य नेपालमा सरदर स्थानभन्दा उत्तरतिर तथा पूर्वमा सरदर स्थानको आसपासमा रहेको छ । महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दि...

अक्सफोर्ड कलेजका प्रमुख सल्लाहकार चापागाईको निधन

अक्सफोर्ड कलेजका प्रमुख सल्लाहकार चापागाईको निधन
नवलपुर — नवलपुरको गैडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका प्रमुख सल्लाहकार रामप्रसाद चापागाईं ‘चञ्चल’को निधन भएको छ। उहाँको शनिवार साँझ ४:५४ बजे निधन भएको कलेज प्रशासनले जानकारी दिएको छ। शिक्षा र संस्थागत विकासमा लामो समयदेखि क्रियाशील रहनुभएका चापागाईंले अक्सफोर्ड कलेजको शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण भूमिका निभाउँदै आउनुभएको थियो। कलेजका अनुसार उहाँको दीर्घ समर्पण, नेतृत्वदायी सोच र मार्गदर्शनले संस्थालाई आजको स्थानमा पुर्‍याउन महत्त्वपूर्...

रामहरि शर्मा ‘सराह’को असामयिक निधन, साहित्य क्षेत्र शोकमा

रामहरि शर्मा ‘सराह’को असामयिक निधन, साहित्य क्षेत्र शोकमा
गैँडाकोट- गैँडाकोटका अग्रज साहित्यकार तथा कवि रामहरि शर्मा ‘सराह’को निधन भएको छ। गत असार २६ गते भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका शर्माको उपचारका क्रममा काठमाडौंस्थित मेडिसिटी अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। दुर्घटनापछि प्रारम्भिक रूपमा चितवनस्थित कलेज अफ मेडिकल साइन्सेस (सीएमसी)मा उपचार गराइएका शर्मालाई थप उपचारका लागि काठमाडौं लगिएको थियो। मेडिसिटी अस्पतालको आइसियु कक्षमा उपचारको क्रममा शुक्रबार उहाँको निधन भएको हो। साहित्यमा गहिरो लगाव राख्ने शर...

झाक्रीको धन्दा बन्द ! नवलपुर प्रशासनले भन्यो – ‘अनुमति दिइएको छैन’

झाक्रीको धन्दा बन्द ! नवलपुर प्रशासनले भन्यो – ‘अनुमति दिइएको छैन’
नवलपुर-  कावासोती–३ मा १० दिनसम्म संचालन गरिने भनिएको तान्त्रिक झाक्री शिविर अन्ततः रोकिएको छ। नेपाल तान्त्रिक झाक्री संघ केन्द्र, काठमाडौँले जिल्ला प्रशासन कार्यालय नवलपुरसँग अनुमति मागी शिविरको व्यापक तयारी गरिरहेको समयमा प्रशासनको स्पष्ट निर्देशनले समग्र कार्यक्रम संकटमा परेको छ। झाक्री संघले बिरामीको 'तात्त्विक उपचार' गर्ने भन्दै ठूलो दाबीका साथ शिविरको तयारी गरिरहेको थियो। आश्चर्यजनक रूपमा, असार ३० गते प्रशासनले च.नं. ५२८८ मार्फत जिल्ला प्रहरी कार्यालयलाई शान्ति सुरक्षा...

गैँडाकोटमा मध्यरातको डकैती: खुकुरी देखाएर ५ तोला सुन लुटपाट

गैँडाकोटमा मध्यरातको डकैती: खुकुरी देखाएर ५ तोला सुन लुटपाट
गैँडाकोट  – नवलपरासीको गैँडाकोट नगरपालिका–१ स्थित विकासचोकमा गएराति एक घरमा सशस्त्र लुटपाट भएको छ। घरेलु हतियार खुकुरीसहित आएका तीन जनाको समूहले राति करिब २ बजेतिर सरिता पौडेलको घरमा पसी ५ तोला सुन लुटेर फरार भएका छन्। पीडित सरिता पौडेलका अनुसार लुटेराहरुले मुखमा कपडा बाँधेर  खुकुरी घाटीमा राख्दै सुनका गहना मागेका थिए। "गहना नदिए छोरा–छोरीलाई समेत केही गरिदिन्छौं भन्ने धम्की दिएका थिए," उनले बताइन्। डाकाहरु घरभित्र झन्डै १५ मिनेटसम्म बसेका थिए। लुटेराले सिक्री, औँठी, बाला, ...

कालिगण्डकी करिडोरमा कार र बस ठोक्किँदा ४ जना घाइते

कालिगण्डकी करिडोरमा कार र बस ठोक्किँदा ४ जना घाइते
नवलपुर - नवलपुरको बौदीकाली गाउँपालिका–३, खैरेनीस्थित कालिगण्डकी करिडोर सडकखण्डमा बुधबार दिउँसो कार र बस ठोक्किँदा ४ जना घाइते भएका छन्। पल्पाबाट डेढगाउँतर्फ जाँदै गरेको ग २ च ९५४६ नम्बरको कार र गैडाकोटबाट पाल्पातर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०१–००१ ख ०४३८ नम्बरको बस एकआपसमा ठोक्किएपछि दुर्घटना भएको हो। दुर्घटनामा कारमा सवार रहेका तनहुँ, भीमाद नगरपालिका–६ का २३ वर्षीय चालक विवेक शाह, कारका मालिक ६८ वर्षीय पदमराज जोशी, ५८ वर्षीय जंगबहादुर राना र ब्यास नगरपालिका–५ का ४९ वर्षी...

अमेरिकामा भएको कार दुर्घटनामा दुई नेपालीको मृत्यु

अमेरिकामा भएको कार दुर्घटनामा दुई नेपालीको मृत्यु
काठमाडौं -अमेरिकामा भएको कार दुर्घटनामा दुई जना नेपाली युवाको मृत्यु भएको छ ।लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको कार दुर्घटनामा मृत्यु भएको हो ।दुवै जना नेपालका नागरिक रहेको भनिए पनि उनीहरुको नेपालको ठेगाना खुलेको छैन । लुइजियाना राज्य प्रहरीलाई उद्धृत गर्दै स्थानीय एक अनलाइनले लेखेको समाचारअनुसार असार २९ गते राति करिब ९ बजे भएको कार दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । अर्को एक अनलाइन माईआर्कलामिस डटकमले पनि दुर्घटनामा दुई ने...

बजेट कार्यान्वयनमा गैँडाकोटको अनुकरणीय सफलता, पारदर्शिता र समन्वयको उत्कृष्ट नमूना

बजेट कार्यान्वयनमा गैँडाकोटको अनुकरणीय सफलता, पारदर्शिता र समन्वयको उत्कृष्ट नमूना
नवलपुर - गैँडाकोट नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा बजेट कार्यान्वयन, पारदर्शिता र जनसहभागितामा उल्लेखनीय सफलता हासिल गरेको छ। कुल १ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा करिब ९३ करोड रुपैयाँ खर्च गरिएको छ, जुन कुल विनियोजित बजेटको करिब ८६ प्रतिशत हो। प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालका अनुसार चालुतर्फको ६१ प्रतिशत बजेटमध्ये ८९.८३ प्रतिशत र ३९ प्रतिशत पुंजीगत बजेटमध्ये ८२ प्रतिशत खर्च गरिएको छ। यो बजेट कार्यान्वयनको अनुपातले नगरपालिकाको कार्यदक्षता र परिणाममुखी नेत...