×

नवलपुर विशेष

बोस्टन कलेजमा नवप्रवर्तन र सिर्जनशीलताको चहलपहल – प्रोजेक्ट र कला प्रदर्शनी हुँदै

बोस्टन कलेजमा नवप्रवर्तन र सिर्जनशीलताको चहलपहल – प्रोजेक्ट र कला प्रदर्शनी हुँदै
चितवन- शिक्षा सिर्जनशीलता र उद्यमशीलताको संगमका रूपमा परिचित बोस्टन इन्टरनेशनल कलेज भरतपुरले ‘Project Exhibition V 4.0 – Learning by Building Projects’ र ‘Art Fusion 1.0 – Colours of Expression’ आयोजना गर्ने भएको छ । कलेजले आज पत्रकार सम्मेलनको आयोजना गरि सो कुराको जानकारी दिएको हो ।  कलेजका आरएमसी विभाग प्रमुख डा. सुनिल पोखरेलले कार्यक्रममा सहभागी विद्यार्थीहरूको सिर्जनशीलता व्यवहारमा रूपान्तरण गर्ने उद्देश्य राखिएको जानकारी दिँदै भने:"हामी विद्यार्थीहरूलाई सोच मात्र गर्न ह...

गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक

गैंडाकोटको नागरिक कलेजसहित ४ कलेजमा त्रिविको कडा कारबाही, फूड टेक्नोलोजीमा भर्ना रोक
गैंडाकोट- त्रिभुवन विश्वविद्यालयले कडा कदम चालेको छ। विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले गैंडाकोटस्थित नागरिक कलेजसहित चार कलेजलाई फूड टेक्नोलोजी कार्यक्रममा विद्यार्थी भर्नामा तत्काल रोक लगाउने निर्णय गरेको छ। यस वर्षको शैक्षिक सत्र २०८१/०८२ का लागि गरिएको प्रवेश परीक्षामा सहभागी नै नभएका विद्यार्थीलाई गैरकानुनी रूपमा भर्ना गरिएको पुष्टि भएपछि विश्वविद्यालयले यस्तो निर्णय लिएको हो। यसरी बिना मापदण्ड विद्यार्थी भर्ना गर्नु न केवल त्रिविको आचारसंहिता विपरीत ह...

नेपाल सांस्कृतिक महासंघ गैडाकोट नगर समितिमा नयाँ नेतृत्व, अध्यक्षमा कंडेल चयन

नेपाल सांस्कृतिक महासंघ गैडाकोट नगर समितिमा नयाँ नेतृत्व, अध्यक्षमा कंडेल चयन
गैडाकोट- नेपाल सांस्कृतिक महासंघ गैडाकोट नगर समितिको नयाँ कार्यसमिति गठन गरिएको छ। अधिवेशनबाट रघुनाथ कंडेलको अध्यक्षतामा १३ सदस्यीय नगर समिति सर्वसम्मत रूपमा चयन गरिएको हो। समितिमा अर्जुनकुमार क्षेत्री उपाध्यक्ष, पञ्चमाया चितौरे सचिव, कृष्णकुमारी भट्टराई सहसचिव चयन हुनुभएको छ भने सदस्यहरूमा सुवास आचार्य, श्रीकान्त भिमिरे, बिन्दु लामिछाने, इश्वरी खत्री, डोल बहादुर परियार, मिना कुमारी खनाल,सुशन गुरुङ र तेजेन्द्र सुनारी मगर हुनुहुन्छ। प्रथम नगर अधिवेशनको अध्यक्षता रघुनाथ कंडेलल...

भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता

भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता
काठमाडौं - भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन्।गए राति जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको रा१क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट–१४ पिपलचौरस्थित भेरी नदीमा खसेको इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीले जानकारी दिए। उनका अनुसार टिपरमा चालकसहित तीन जना सवार रहेका थिए । उनीहरुको अवस्था अज्ञात रहेको छ।बेपत्ताको खोजीमा रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली परिचालन गरिएको प्रहरी नायब निरीक्षक चौधरीले...

नारायणघाट–बुटवल सडक : एक वर्ष म्याद थप्ने तयारी

नारायणघाट–बुटवल सडक : एक वर्ष म्याद थप्ने तयारी
चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको म्याद एक वर्ष थपिने भएको छ। सडक विभाग आयोजना निर्देशनालय (एडिबी)का आयोजना निर्देशक इञ्जिनियर चुडाराज ढकालले निर्माण कम्पनीले म्याद धेरै मागेको भए पनि एक वर्ष थप्दा काम सक्ने सहमति गरेपछि म्याद थप्ने तयारी गरिएको जानकारी दिए। ‘निर्माण कम्पनी र आयोजनाको कन्सल्टेन्टसँग कुरा गर्दा एक वर्षमा फिनिसिङबाहेकका काम सकाउने सहमति भएको कारण म्याद थप्ने तयारी गरेका छौं,’ उनले भने, ‘निर्माण कम्पनीले ९० प्रतिशत क...

पौडी खेल्ने क्रममा डुबेर नवलपुरको हुप्सेकोटमा एक बालकको मृत्यु

पौडी खेल्ने क्रममा डुबेर नवलपुरको हुप्सेकोटमा एक बालकको मृत्यु
मध्यविन्दु - हुप्सेकोट गाउँपालिका–५ राम्चेमा पौडी खोल्ने क्रममा डुबेर सोमबार एक बालकको मृत्यु भएको छ । स्थानीय टारे पोखरीमा पौडी खेल्ने क्रममा डुबेर हुप्सेकोट–५ राम्चे बस्ने अप्सरा राई मगरको आठ वर्षीय छोरा आकाश राई मगरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार छ जना साथीसँगै टारे पोखरीमा पौडी खेल्न गएकामा डुबेको अवस्थामा स्थानीयले उद्धार गरेका थिए । उपचारका लागि अस्पताल ल्याइएकामा चिकित्सकले निजलाई मृत घोषणा गरेका हुन् ।

गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने

गैँडाकोट आधारभूत अस्पताल र बीमा बोर्डबीच सहकार्य, भाद्र १ देखि सेवा सुरु हुने
गैँडाकोट- नवलपुरको गैँडाकोट नगरपालिका–५ मा अवस्थित गैँडाकोट आधारभूत अस्पताल र स्वास्थ्य बीमा बोर्डबीच बीमित नागरिकलाई गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सेवा सहकार्य सम्झौता सम्पन्न भएको छ। स्वास्थ्य बीमा ऐन २०७४ र नियमावली २०७५ अनुसार भएको सहकार्यले स्थानीय नागरिकलाई समयमै निःशुल्क वा न्यून शुल्कमा उपचार पाउने सुनिश्चितता प्रदान गर्नेछ। गैँडाकोट अस्पतालले अब बीमित सेवाग्राहीलाई आवश्यक उपचार, औषधि, आकस्मिक सेवा र रेफरल सुविधा उपलब्ध गराउने प्रतिबद्धता जन...

देवघाटमा बोलबम मेला सुरु, बिहान ४ बजेदेखि नै भक्तजनको घुइँचो

देवघाटमा बोलबम मेला सुरु, बिहान ४ बजेदेखि नै भक्तजनको घुइँचो
भरतपुर - साउनको प्रत्येक सोमबार लाग्ने बोलबम मेला नेपालकै पवित्र तीर्थस्थल देवघाटधामलगायत जिल्लाका शिवालयहरुमा बिहानैदेखि सुरु भएको छ । मुख्यगरी आजको दिनमा ब्रत बसेर श्रद्धालु भक्तजनहरुले स्नान गरी पवित्र जल र बेलपत्र चढाई शिवको आराधना गरेर मनाउँछन् । धार्मिक पर्यटकीय क्षेत्र पवित्र तीर्थस्थल चितवनको देवघाटधाममा आजबाट बोलबम मेला सुरु भएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । धर्मशास्त्रअनुसार वर्षकै पवित्र महिना साउन र त्यसमाथिको पनि पवित्र दिनको रुपमा सोमबारलाई लिइन्छ ...

नवलपुर एकेडेमीमा अध्ययनरत १४ बर्षिया छात्रा बेपत्ता

नवलपुर एकेडेमीमा अध्ययनरत १४ बर्षिया छात्रा बेपत्ता
नवलपुर- नवलपुर एकेडेमीमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीय  छात्रा कृषिका थापा आज विहानदेखि बेपत्ता भएकी छिन्। विद्यालय प्रशासनका अनुसार कृषिका आज  विहान अन्दाजी ७:०० बजे घरबाट निस्किएकी थिइन् तर हालसम्म घर नफर्किएकाले उनी हराएको आशंका गरिएको छ। नवलपुर एकेडेमीका अनुसार कृषिका थापाको खोजीका लागि विद्यालयले सम्बन्धित निकायसँग सम्पर्क गरिरहेको छ। साथै विद्यालयले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत पनि छात्रा हराएको सूचना सार्वजनिक गर्दै आम सर्वसाधारणसँग सहयोगको अपिल गरेको छ। छात्रा ...