गैंडाकोट – नवलपरासी (पूर्व) गैंडाकोट नगरपालिका–१६ बेल्डिहा पुलस्थित पूर्व–पश्चिम राजमार्गमा आज दिउँसो करिब ३ः२० बजे दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
दाङबाट नारायणगढतर्फ आउदै गरेको बा २ झ २५७५ नम्बरको हाईलक्स (राष्ट्रिय कृषि आधुनिकिकरण कार्यक्रम कार्यान्वयन इकाइ दाङको) गाडीको अगाडिको दाहिने चक्का अचानक पञ्चर भएपछि अनियन्त्रित भई पुलको दाहिने भागमा ठोक्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा गाडी चालक दाङ गढुवा गाउँपालिका–७ का ३८ वर्षीय टोप बहादुर चौधरी र बारा करैयामाई गाउँपालिका–८ का ६३ वर्षीय लक्ष्य बहादुर चौधरी घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि प्रहरी टोलीले तत्काल पुरानो मेडिकल कलेज, भरतपुर पठाएको छ।
दुर्घटनाग्रस्त सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएर सवारी साधन प्रहरी कार्यालयमा राखेको जनाएको छ।



उज्यालो खबर




