×

गैँडाकोट-  गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालको सरुवा भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २५ जना उपसचिवहरूको सरुवा गर्ने निर्णयअनुसार खनालको सरुवा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा गरिएको हो।

खनाल विगत दुई वर्षदेखि गैँडाकोट नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत थिए। आफ्नो कार्यकालमा उनले नगरपालिकालाई व्यवस्थित, पारदर्शी र सेवा प्रभावकारी बनाउँदै उत्कृष्ट नगरपालिका बनाउने दिशामा महत्वपूर्ण भूमिका खेलेका थिए।
स्थानिय तहमा उनको नेतृत्व क्षमता, कुशल प्रशासनिक शैली र इमान्दार छविका कारण खनाल एक स्वच्छ र समर्पित राष्ट्रसेवकको रूपमा परिचित छन्।

उनको कार्यकाललाई गैँडाकोटका बासिन्दाहरूले सदैव स्मरण गर्नेछन्। विकास, सेवा प्रवाह, र जनसरोकारका कामहरूमा उनले देखाएको सक्रियता उदाहरणीय रहेको छ।

खनालको स्थानमा  गैँडाकोटको नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा  रामचन्द्र लामगादे आउने भएका छन् ।  गैँडाकोट नगरपालिकामा खनालले सुरु गरेका सकारात्मक अभ्यासहरूलाई निरन्तरता दिँदै लामगादेले थप प्रभावकारी सेवा प्रवाह गर्ने नगरवासीहरूको अपेक्षा रहेको छ।

तपाईको प्रतिक्रिया