×

मध्यबिन्दु- पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मध्यबिन्दु नगरपालिका–८, फुलबारी उकालोमा बिहीबार साँझ ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

साँझ करिब ६:३० बजे कावासोतीबाट दुम्किबासतर्फ गइरहेको बा.प्र.०६–००१ क ०४४४ नम्बरको मिनि ट्रक र विपरीत दिशाबाट आइरहेको बा ७६ प २७१७ नम्बरको पल्सर मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक राज कुमार बोहराको उपचारको क्रममा साँझ सवा ८ बजे मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा मा मृत्यु भएको हो।

मोटरसाइकलको पछाडि सवार रहेका जित बहादुर महतो, कावासोती नगरपालिका–१४, सुन्दरबस्ती निवासी, करिब ३०–३२ वर्षका, दुर्घटनामा घाइते भएका छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ।घटनापछि ट्रक चालक र दुबै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, नवलपुरले जनाएको छ।

तपाईको प्रतिक्रिया