×

 नवलपुर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बिनयी त्रिवेणी गाउँपालिका–१ गुम्बा नजिकै मंगलबार बिहान भएको सवारी दुर्घटनामा १० जना घाइते भएका छन्।

दुर्घटना मंगलबार बिहान ९ः२० बजे भएको हो। दुम्किबासबाट अरुणखोलातर्फ जाँदै गरेको लु प्र ०१–००१ च ०९४८ नम्बरको स्कार्पियो र दलदलेबाट अरुणखोलातर्फ आउँदै गरेको बा प्र ०३–००१ च १४७४ नम्बरको पिकअप बलेरो एक आपसमा ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय दुम्किबासले जनाएको छ।

घटनामा स्कार्पियोमा सवार ९ जना र पिकअप चालक गरी १० जना घाइते भएका हुन्। घाइतेहरुको उपचार मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा र भरतपुरस्थित नयाँ मेडिकल कलेजमा भइरहेको छ।

स्कार्पियोमा सवार घाइतेहरूको विवरण यसप्रकार छ:

  • रेशम बहादुर शारु मगर (३१), स्कार्पियो चालक, ढाडमा चोट, अवस्था मध्यम

  • किरण फाल मगर (१४), टाउकोमा चोट, अवस्था मध्यम

  • दानुमाया आले (३६), टाउकोमा चोट, अवस्था मध्यम

  • सीता श्रेष्ठ (५५), दुबै खुट्टामा चोट, अवस्था मध्यम

  • बिष्णु श्रेष्ठ (४८), अनुहार र पेटमा चोट, अवस्था मध्यम

  • रुपामाया श्रेष्ठ (८४), टाउकोमा चोट, अवस्था मध्यम

  • यनिसरा लामिछाने (५७), बायाँ हातमा चोट, अवस्था मध्यम, नयाँ मेडिकल कलेज भरतपुर रिफर

  • हरि बहादुर लामिछाने (३६), हातमा चोट, अवस्था सामान्य

  • कुल बहादुर कुमाल (५२), अनुहार र दाहिने खुट्टामा चोट, अवस्था मध्यम, नयाँ मेडिकल कलेज भरतपुरमा उपचाररत

पिकअप बलेरोका चालक ओमनारायण महतो (४५), हुप्सेकोट गाउँपालिका–१ निवासी, सामान्य घाइते भएका छन्। उपचारपछि उनलाई प्रहरीको नियन्त्रणमा लिइएको छ।घटनापछि राजमार्ग एकतर्फी सञ्चालन गरिएको प्रहरीको भनाइ छ। दुवै सवारी साधन हाल घटनास्थलमै रहेका छन् भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया