×

गैँडाकोट — नवलपुरको गैँडाकोट–१, जौजुवामा अवस्थित सरस्वती निकेतन माध्यमिक विद्यालयद्वारा SEE २०८१ मा उल्लेखनीय सफलता प्राप्त गरेका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिन आयोजित सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमका सभापति विद्यालय व्यवस्थापन समिति अध्यक्ष  मोति चन्द्र चालिसे रहनु भएको थियो भने विशिष्ट अतिथिको रूपमा शिक्षक अभिभावक संघका अध्यक्ष  कमलापति शर्मा उपस्थित हुनुहुन्थ्यो।

उक्त कार्यक्रममा संस्थाका संस्थापक प्राचार्य श्री भरत बाबु कंडेल, +2 संयोजक  घनश्याम शर्मा, निम्न माध्यमिक प्रमुख  सुरज भण्डारी, प्रारम्भिक विद्यालय प्रमुख  मुरारी तिमिल्सिना, पूर्व प्रारम्भिक प्रमुख श्रीमती देवकी के.जी., परीक्षा तथा अतिरिक्त क्रियाकलाप प्रमुख  पदम रानालगायत शिक्षक, शिक्षिका र कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

साथै, विद्यालय व्यवस्थापन समिति सदस्य  चन्द्रकला पौडेल र  मन्जु सापकोटा, लेखा शाखाकी भावना सिग्देल, अस्मिता कार्की, गीता रानाभाट तथा Non-teaching staff इन्चार्ज  भीम पराजुलीसहित अन्य कर्मचारीहरूको पनि उपस्थितिले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो।

कार्यक्रममा कक्षा ११ र १२ का सम्पूर्ण शिक्षकहरू समेत उपस्थित रहनु भएका थिए। विद्यालय परिवारले सफल विद्यार्थीहरूलाई सम्मान गर्दै आगामी अध्ययन यात्राका लागि शुभकामना व्यक्त गरेको थियो। कार्यक्रममा प्रेरणादायी तथा उत्साहजनक वातावरण देखिएको सहभागीहरूको भनाइ थियो।

तपाईको प्रतिक्रिया