गैंडाकोटस्थित अक्सफोर्ड सेकन्डरी स्कुलका विद्यार्थीहरूले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उल्लेखनीय सफलता हासिल गरेका छन्। विद्यालयले सार्वजनिक गरेको नतिजा विवरण अनुसार अधिकांश विद्यार्थीहरू उच्च श्रेणीमा उत्तीर्ण भएका छन्।
विद्यालयका अनुसार कुल २३ जना विद्यार्थीहरूले परीक्षा दिएका थिए। जसमध्ये ५ जना विद्यार्थीले ३.६ जीपीए वा सोभन्दा माथि (A+), अर्थात् उत्कृष्ट श्रेणीमा सफलता प्राप्त गरेका छन्। त्यसैगरी, ५ जनाले ३.२ देखि ३.६ जीपीए (A) ल्याएका छन्, जुन पनि उत्कृष्ट प्रदर्शन मानिन्छ।
त्यसैगरी, १० जना विद्यार्थीहरूले २.८ देखि ३.२ जीपीए (B+) प्राप्त गरेका छन् भने २ जना विद्यार्थीको जीपीए २.४ देखि २.८ (B) को बीचमा रहेको छ। एक जना विद्यार्थी भने ‘नट ग्रेडेड (NG)’ मा परेका छन्।
विद्यालयका लेखा प्रमुख नारायण सिग्देलका अनुसार विद्यार्थीहरूको कडा मेहनत शिक्षकहरूको निरन्तर मार्गदर्शन र अभिभावकहरूको विश्वास एवं साथले यस सफलतामा महत्वपूर्ण योगदान पुर्याएको छ।
विद्यालयले सम्पूर्ण विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिँदै हार्दिक बधाई व्यक्त गरेको छ।



उज्यालो खबर




